मेलबर्न रेनेगार्डलाई बिग ब्यास उपाधि, सन्दीपको क्लब १३ रनले पराजित


५ फाल्गुन २०७५, आईतवार
sandeep lamichhane

काठमाडौं, ५ फागुन । अष्ट्रेलियामा सम्पन्न बिग ब्यास लिगको उपाधि मेलबर्न रेनेगार्डले जितेको छ । आइतबार भएको फाइनलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेल सम्मिलित क्लब मेलबर्न स्र्टासलाई १३ रनले हराउँदै रेनेगार्डले उपाधि जितेको हो ।


रेनेगार्डले दिएको १४६ रनको लक्ष्य पछ्याएको स्टार्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । उसका लागि बेन डुन्क र मार्कस स्टोनिसले ९३ रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरूवात दिलाए पनि त्यसपछि ब्याटसम्यानले राम्रो नगर्दा पराजित हुन पुग्यो ।

स्र्टासका लागि डुन्कले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए भने मार्कसले ३८ बलमा २ चौका र १ छक्का हिर्काएका थिए । डुन्कले ५७ रन र मार्कसले ३९ रन बनाएका थिए । त्यसपछि अन्तिममा जाम्पाले १७ रन बनाउँदा बाँकी कोही पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् । स्र्टासले ३९ रन बनाउँदा ७ विकेट गुमाएको थियो ।

रेनेगाड्सलाई जिताउन बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । उसका क्रिस ट्रेमाइन, क्यामरोन बोइस र डानियल क्रिस्टिइनले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रेनेगाड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

उसका लागि टोम कुपर र डानियल क्रिस्टिइनले ८० रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्थितिमा र्पुयाएका थिए । टोम कुपर ४३ र डानियल ३८ रन बनाएका थिए । उनीहरूबाहेक अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्।

melbone stars and mebone rendaz

स्टार्सका लागि ज्याक्सन बर्ड र जाम्पाले २–२ विकेट लिए । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् । उनले ४ ओभरमा १ चौकासहित १६ रन खर्चिए । सन्दीपले बिग ब्यासमा जम्मा ११ विकेट लिए भने ६ खेल खेले ।

सन्दीपले खेलेका विदेशी फ्रेन्चाइजी लिगमध्ये फाइनल खेलेको पहिलो हो । उनले भारतको इण्डियन प्रिमियर लिग, बंगलादेशको बंगलादेश प्रिमियर लिग, वेस्टइण्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडाको ग्लोबल क्यानडा टी–२० जस्ता विदेशी फ्रेन्चाइजी लिग खेलिसकेका छन् ।

यसपछि सन्दीप युएई जानेछन् । त्यहाँ जारी पाकिस्तान सुपर लिगमा उनले क्लालान्दरबाट खेल्नेछन् ।

इण्डियन प्रिमियर लिग, बंगलादेशको बंगलादेश प्रिमियर लिग, वेस्टइण्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडाको ग्लोबल क्यानडा टी–२० जस्ता विदेशी फ्रेन्चाइजी लिग खेलिसकेका छन् । यसपछि सन्दीप युएई जानेछन् । त्यहाँ जारी पाकिस्तान सुपर लिगमा उनले क्लालान्दरबाट खेल्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७