गोर्खाज फाइनान्सको २४औँ वार्षिक साधारणसभा सम्पन्न, पुँजी ८० करोड पुर्याउनेमा दोश्रो


१० फाल्गुन २०७५, शुक्रबार
gurkhas fince

काठमाडौं,फागुन १० । गोर्खाज फाइनान्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

gurkhas finince 4


फाइनान्सले शुक्रबार राजधानीमा एक कार्यक्रम गरि संस्थाको प्रोमोटर तथा साधारण शेयर होल्डरका माझ २४ औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष प्रेम बहादुर खापुङले वित्तिय प्रतिवेदन प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको वित्त कम्पनीलाई तोकिएको न्यूनतम चुक्ता पूँजी ८० करोड पुर्‍याउने गोर्खाज फाइनान्स दोस्रो संस्था भएको जानकारी गराए ।
अध्यक्ष खापुङले मुख्य कार्यालयसहित २३ वटा शाखाबाट संस्थाले देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको बताए ।

gurkhas fince

आब २०७४र७५ मा संस्थाले २८.८० प्रतिशतले वृद्धि गरी कुल सम्पति ५ अर्ब २८ करोडबाट ६ अर्ब ८५ रूपैयाँ पुर्‍याउन सफल भएको छ । सोही बमोजिम निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले वृद्धि गरि कुल निक्षेप ५ अर्ब ५२ करोड रूपैयाँ र कर्जातर्फ अघिल्लो आवको तुलनामा २५ प्रतिशतले वृद्धि भई ४ अर्ब २८ करोड रूपैयाँ पुर्‍याउन सफल भएको सभामा जानकारी गराइएको थियो ।

संस्थाले न्यूरोड शाखाबाट ग्राहकहरुको सुविधाको लागि लकर सुविधा सुरुवात गरेको तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न क्रियाकलाप गर्दै आएको छ । अध्यक्ष खापुङले आउँदो आर्थिक वर्ष संस्थाले सकेसम्म दोहोरो अंकमा शेयर होल्डरहरुलाई लाभांश वितरण गर्ने प्रतिवद्धता पनि जनाए ।

lalbahadur thik


उनले भने-‘यसपटक हामीले शेयरहोल्डरलाई लाभांश दिन सकेनौं आगामी वर्ष हामी खाली हात फर्काउँदैनौं’ । साधारणसभालाई सम्बोधन गर्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङले सञ्चालक समितिले दिएको जिम्मेवारीलाई पालना गर्दै संस्थागत सुशासन पालना जोड दिने बताए । उनले समस्याग्रस्त अवस्थामा रहेको संस्थालाई सबैको सहयोग र साथबाट यहाँसम्म ल्याउन सफल भएको उल्लेख गरे ।

gurkhas fince 2

कार्यकारी अधिकृत थिङले भने-कर्मचारीको मुख्य जिम्मेवारीमा रहेर काम गरेकाले नाफा कमाएर आउँदो वर्ष शेयरसदस्यलाई लाभांश वितरण गर्ने बाचा गर्छु । छोटो समयमा संस्थालले उल्लेख्य प्रगति गरेको छ । दक्ष कर्मचारीहरुको साथमा फाइनान्स अघि बढिरहेको छ । आगामी दिनमा हामी अझ संस्थाप्रति दृढताकासाथ अघि बढेर काम गर्नेछौं ।
संस्थाले विभिन्न जिल्ला तथा आर्थिक रूपले पछि परेका ग्रामीण समुदायमा कार्यक्रम विस्तारको योजनासहित वर्तमान अवस्था भावी कार्यक्रम, कार्यगत अवस्था लगायतको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरू, कर्मचारी तथा शेयरधनिहरूको उपस्थिति थियो ।

संस्थाको पछिल्लो वित्तिय अवस्था उत्साहजन
गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७५र७६ को दोस्रो त्रैमासिकमा ६ करोड ९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले २ करोड २४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले जगेडा कोषमा ३४ करोड ९४ लाख ३५ हजार रुपैयाँ जम्मा गरेको छ ।
फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्ममा ५ अर्ब ९० करोड ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८१ करोड ५२ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सले गत आर्थिक बर्षको सोही अवधिमा ४ अर्ब ५२ करोड ९ लाख ४८ हजार निक्षेप संकलन गरी ४ अर्ब ८ करोड ४ लाख १४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
फाइनान्सको खुद व्याज आम्दानी ७ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको छ भने संचालन मुनाफा ९ करोढ १० लाख ३४ हजार रुपैयाँ छ । खुद व्याज आम्दानी गत आर्थिक वर्षको तुलनमा २३ दशमलव ५२ प्रतिशतले कमी हो ।
खराब कर्जा ४ दशमलव ३२ प्रतिशत, आधार व्याजदर १२ दशमलव ९९ प्रतिशत, प्रतिसेयर आम्दानी १४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ४० रुपैयाँ रहेको छ ।


संस्थाले विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । बालबचत, नारी बचत, जेष्ठ नागरिक बचत, गोर्खा पेन्सन, स्टुडेन्ट सेभिङ र पेरोल सेभिङ्ग रहेका छन् ।
यसैगरी फाइनान्सले ३ लाख रुपैयाँसम्म निक्षेपमा बीमा, चाहेजति रकम झिक्न र राख्न सकिने, निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र निशुल्क चेकबुक तथा स्टे्टमेण्ट सेवा दिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७