बच्चा जन्मिएको खुशीमा क्यासेट बजाउन खोज्दा ११ हजार भोल्टकाे करेण्ट, दुईको गयो ज्यान


११ फाल्गुन २०७५, शनिबार
current

काठमाडौं, ११ फागुन । सन्तान जन्मिँदा सबैलाई खुशी लाग्छ । यहि खुशी मनाउन खोज्दा महोत्तरीमा भने दुःखद दुर्घटना भएको छ ।

current

बच्चा मन्मिएको खुशीयालीमा आयोजित भोजमा क्यासेट बजाउन लाइन जोड्ने क्रममा ११ हजार भोल्टेजको करेण्ट लाग्दा महोत्तरीको लोहारपट्टीमा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादव रहेका छन् ।

जिल्लाको लोहारपट्टी नगरपालिका–२ का कासकल मुखियाको घरमा शुक्रबार राति बच्चा जन्मेको खुशीमा भोज रहेको र सोही बेला उनीहरूलाई करेण्ट लागेको हो । बिहेको भोजमा क्यासेट बजाउनका लागि बिजुलीको पोलमा तार जोड्न खोज्दा ११ हजार भोल्टको तार छोइएपछि उनीहरुलाई करेण्ट लागेको प्रहरीले जनाएको छ ।

करेण्ट लागेर गम्भिर घाइते भएका उनीहरुको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७