दोधारमा उपेन्द्र यादव, कमरेडतिर जाने कि राजपासँग ?


१५ फाल्गुन २०७५, बुधबार
upendra yadav

काठमाडौं, १५ फागुन । केन्द्र र प्रदेश सरकारले एक वर्ष पूरा गरेपछि कुरा बुझेर होला, उपेन्द्र यादव अब राजपासँग हैन, नेकपासँगै साझेदारीमा अगाडि बढ्ने मुद्रामा छन् । केन्द्रमा बढी लाभ पाउनका लागि यस्तो रणनीति अबलम्बन गरेको बताइन्छ ।

upendra yadav


उपेन्द्रको यस्तो योजना रहेपछि यसबाट सोझै पीडित हुने भए, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी । उनले यसबारे जनकपुरमा असन्तुष्टि व्यक्त गरिरहेका छन् । संयोगले अहिले जनकपुरमै राजपाको बैठक पनि चलिरहेको छ । उनले भन्ने गरेका छन्, ‘सातैवटा प्रदेश सरकार अधिकारविहीन छन् । कसैले काम गर्न पाएका छैनन् ।

मलाईमात्र हटाएर के हुन्छ ?’ राजपाको तर्फबाट प्रदेश सरकारमा रहेका मन्त्री जितेन्द्र सोनालहरु पनि यही मेसोमा फेरिने सम्भावना थियो । तर, सोनलको भारतीय दूतावाससँग सम्बन्ध राम्रो भएका कारण महन्थ ठाकुरलाई सुझाव दिइएको छ कि, ‘अहिले तपाईंहरुले मन्त्री फेर्नुभयो भने उपेन्द्रलाई पनि आफ्नो मान्छे फेर्न सजिलो हुन्छ । यही हेराफेरीमा उनले राजपाको साथ छाडेर नेकपासँग मिली सरकार बनाउन सक्छन् । त्यसैले अहिले तपाईंहरुले कसैलाई नचलाउनुस् ।’

उता, भारतीय चुनावको परिणाम आउनुअगाडि नेपाललाई उत्तेजित बनाउने वा नेपालको आन्तरिक मामिलामा खेल्ने कामबाट उताको राजनीतिक र कर्मचारीतन्त्र दुबै अलग हुने भएका छन् । पञ्चेश्वर परियोजना भारतकै हितमा थियो तर त्यसको डिपिआर अहिलेसम्म तयार भएको छैन, आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

यो काम अड्किएको २३ वर्ष पुगिसक्यो । त्यसले गर्दा अप्ठेरो भयो, नयाँ सम्झौता गरौँ भन्ने नेपाली पक्षको भनाइ छ । तर, भारतीय ऊर्जा मन्त्रालयले यसमा गृहकार्य गर्ने स्वीकृति खोज्दै पठाएको पत्र प्रधानमन्त्री कार्यालयले होल्डमा राखेको छ । किनभने, नेपालमा अहिले त्यसबेला महाकाली सन्धिका विरोधीहरु पनि सरकारमा छन् । यस्तो बेलामा भारतले नेपालको मागबमोजिम काम गर्दा यताको अडान जायज थियो र भारतले नेपाललाई ठगेकै हो भन्ने पर्न सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७