राजश्व छल्ने २४ फर्मका सञ्चालकविरुद्ध एक अर्ब ७५ करोड बिगो माग गर्दै मुद्दा (नामावलीसहित)


२१ फाल्गुन २०७५, मंगलवार
Inland Revenue Department IKeOcVrSmy 1

काठमाडौं, २१ फागुन । नक्कली बिजक (बिल) प्रयोग गरी राजश्व छली गर्ने विभिन्न २४ फर्मका सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

Inland Revenue Department IKeOcVrSmy 1

राजश्व अनुसन्धान विभागले उनीहरुबाट एक अर्ब ७५ करोड बिगो असुली माग दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले व्यापारीहरु जयकिशोर साह र परमेश्वर साहलाई पक्राउ गरेर अनुसन्धान गर्दा नक्कली बिजक बिक्री गर्ने गिरोह फेला परेको जानकारी दिएको छ ।

साहद्वयले निम्नस्तरका मजुदरहरुलाई आर्थिक प्रलोभन दिंदै उनीहरुको नाममा फर्म र कम्पनी दर्ता गराएर नक्कली बिलको कारोबार गर्ने गरेका थिए ।

विभागले नक्कली बिल बिजक जारी गर्दै साहद्वयले राजश्व चुहावट गरिरहेको भन्ने सूचना पाएपछि गएको माघमा दुवैलाई पक्राउ गरी छानबिन अघि बढाएको थियो । संगठित रुपमा राजश्व चुहावट गरेको प्रमाणित भएकाले उनीहरुविरुद्ध राजश्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२, मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम कारबाही अघि बढाइएको विभागले जनाएको छ ।

राजश्व छली गरेको प्रमाणित भएकाले असुल उपर गर्न १ अर्ब ७५ करोड बिगो कायम गरी अदालतमा मुद्धा दायर गरेको हो ।
हेर्नुस् नामावली

1 5
2 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७