बोरुसिया डर्टमुन्डलाई हराउँदै टोटनह्याम युरोपियन च्याम्पियन्स लिगको क्वार्टर फाइनल प्रवेश


२२ फाल्गुन २०७५, बुधबार
1551822790713 lc galleryImage epa07416080 Tottenham s H eNfnWOmZmf

काठमाडौं, २२ फागुन । युरोपियन च्याम्पियन्स लिगमा जर्मन लिग लिडर बोरुसिया डर्टमुन्डलाई समग्रमा चार–शून्यले हराउँदै टोटनह्याम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा तीन–शून्यको जीत निकालेको टोटनह्याम दोस्रो लेगमा एक शून्यले विजयी भयो ।

1551822790713 lc galleryImage epa07416080 Tottenham s H eNfnWOmZmf

घरेलु मैदानमा भएको पहिलो लेगमा तीन–शून्यको जित निकालेको टोटनह्यामले अवे खेलमा बोरुसियालाई उसकै मैदानमा एक–शून्यले हरायो । उसको जितमा हेरी केनले एकमात्र गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए । जसका कारण टोटनहमलाई अन्तिम आठमा स्थान बनाउन पर्याप्त बन्यो ।

२०११ पछि टोटनह्याम युरोपियन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो । हेरी केन युरोपियन प्रतियोगितामा टोटनह्यामबाट धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

1551820364214 lc galleryImage Soccer Football Champions uofTa3KmAO

उनले कुल २४ गोल गरेका छन् । यस्तै एक भन्दा धेरै युरोपियन खेलमा कम्तीमा ५ गोल गर्ने केन स्टेफेन जेरार्ड पछि पहिलो खेलाडी हुन् । क्वार्टरफाइनलको ड्र शुक्रबार हुनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७