देउवा सरकारले नियुक्त गरेका जो पायो त्यहीबाट सपथ लिन्नौंः ओली


१ पुष २०७४, शनिबार
oli 2

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नलिने चेतावानी दिएका छन् । oli 2
शनिबार रिपोर्टर्स क्लब नेपालले अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको विशेष साक्षात्कारमा उनले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको प्रति असन्तुष्टि जनाउँदै यस्तो चेतावानी दिएको हो ।
प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट शपथ ग्रहण नगर्ने भन्दै सत्ता हस्तान्तरणको बाटो खोल्न आग्रह समेत गरे।
ओलीले भने, ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?’ उनले भने, ‘हामी प्रदेश नियुक्तिलाई मान्दैनौं, हामीलाई स्विकार्य छैन ।’ वाम गठबन्धनले निर्वाचनमा बहमुत ल्याएको बताउँदै उनले थपे, ‘जो पाए त्यहीबाट सपथग्रहण गर्छ कि जनमतले भन्छ ? जनमतले जे भन्छ, त्यही गर्छौं ।’
चुनाव हारेपछि पनि सत्ता हस्तान्तरण गर्न नखोजेको भन्दै उनले देउवाको आलोचना गरे । देउवाले सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनु पर्ने भन्दै उनले भने, खोचे थापेर सरकारको आयु लम्ब्याउनु खोज्नु भनेको सत्तालिप्सा हो ।’
उनले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई खोँचे थापेर सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाए ।
उनले कांग्रेसले लोकतान्त्रिक मध्यम र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि पोखेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै सच्याउन आग्रह गरे।
‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।’
उनले सरकार गठनको आफ्नै प्रावधान रहेको उल्लेख गर्दै थपे,‘राष्ट्रिय सभा गठनका आफ्नै प्रावधान छन् । चुनावको परिणाम आईसकेपछि आफ्नो अनुकुल ढंगले अगाडि बढ्ने । बाहिर जाँदै गरेको सरकार मात्रै होइन। अल्पमतमा परिसकेपछि आफूलाई अनुकुल हुनेगरि ल्याउनुपर्ने ? यो के कारण हो ?’ ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने,कसलाई कहाँ चित्त बुझेको छैन भनेर पनि हुन्छ र  ?अब नेपाली कांग्रेसलाई भनेजस्तो विजयी हुन नसकेको र पराजय भोग्नु परेकोमा चित्त बुझेको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७