केकीले फिल्म ‘राज्जा रानी’को टीमसँग मनाइन जन्मदिन, कति वर्ष पुगिन् ?


३ पुष २०७४, सोमबार
keki bdy

काठमाण्डौ : नायिका केकी अधिकारीले आइतबार जन्मदिन मनाएकी छिन् । अभिनय सँगै फिल्म निर्माणमा समेत लागेकी नायिका केकीले आइतबार भ्याई नभ्याई तरिकाले उनले २८ औँ जन्मदिन मनाएकी हुन् । keki bdy
जन्मदिन मनाउँदै उनले आफु बच्चा महसुस भएको बताइन् ।  उनले भनिन्, ‘यो दिन सबैका लागि विशेष हुन्छ, हामी जन्मदिनको दिन बच्चा हुन पाउँछौं, केक काट्न, उफ्रिन, वेलुन फुटाउन पाइन्छ । यसैले पनि जन्मदिन मेरा लागि विशेष हुन्छ ।’
पहिलो पटक ‘कोहलपुर एक्सप्रेस’बाट फिल्म निर्माणमा गरिरहेकी केकी अभिनीत ‘राज्जा रानी’ पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
उनले बिहे बारे अहिले नै नसोचेको पनि बताइन् । केकीको जीवनमा प्रेमी छन् या छैनन्, अहिलेसम्म खुलेको छैन ।
केहि समय अगाडि केकीले एक खेलाडीसँग आफ्नो प्रेम रहेको बताएकी थिइन् । त्यसपछि, केकी प्रेमको बिषयमा मौन छिन् ।
उनले रियालिटी शो, म्युजिक भिडियो हुँदै ‘स्वर’बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । कुशल अभिनय गर्ने नायिकाको रुपमा आफूलाई स्थापित भएकी हुन् ।
२०४६ साल पुष २ गते जोरपाटी जन्मेकी उनी पिता फिल्म निर्देशक बद्री अधिकारी र लक्ष्मी अधिकारीकी उनी पहिलो सन्तान हुन् ।
उनले ‘फन्को’, ‘भाग् सानी भाग’, ‘लभ सासा’ ‘घामपानी’, ‘आई एम सरी’ ‘श्री ५ अम्बरे’, ‘मसान’ लगायतका फिल्ममा अभिनय गरेकी केकीले दर्जन बढी अवार्ड समेत हात पारिसकेकी छिन् । कुशल अभिनयसँगै उनी नेपाली फिल्म क्षेत्रमा सबैभन्दा धेरै अध्ययन गर्ने अभिनेत्री समेत हुन् । उनले प्रसिडेन्सियल बिजनेस स्कूलबाट आफ्नो एमबीए सकाइसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७