पाँच हजार जनालाई पाथीभारा दुत बनाउने योगेश भट्टराईको घोषणा


३ पुष २०७४, सोमबार
Yogesh Bhattarai 5

इटहरी : प्रतिनिधिसभाका लागि ताप्लेजुडवाट विजयी एमाले सचिव योगेश भट्टराईले पाँच हजार जनालाई पाथीभरा दुत वनाउने वताएका छन् । ताप्लेजुड सुनसरी सरोकार समिति इटहरीले गरेको वधाई तथा सम्मान कार्यक्रममा उनले पाथीभारा नेपालको उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र भएको बताए ।

Yogesh Bhattarai 5

उनले प्रशिद्ध तीर्थस्थल पाथीभरामा वर्षमा १० लाख भक्तजन पुरयाउने अभियान सफल वनाउन पाँच हजार जनालाई पाथीभरा दुत वनाइने बताए । उनले देश विदेशका विभिन्न ठाँउमा वसोवास गरेका १ ताप्लेजुडेले वर्षमा कम्तिमा २० जनालाई पाथीभरा पठाउन आग्रह गरे । नेता भट्टरार्ईले पाथीभरा सम्म पुग्ने केवलकार निर्माण गरिने योजना बताए । सम्मान कार्यक्रममा वोल्दै उहाँले ताप्लेजुडको विकास र सम्वृद्धिका लागि कुनै कसर वाँकी नराख्ने बताए ।

एमाले सचिव नेता भट्टरार्ईले पार्टीको प्रदेश कार्यालय इटहरीमा राखिनुले पनि प्रदेशको राजधानी कहाँ वनाउने भन्ने संकेत गर्ने बताए । उनले प्रदेशको राजधानी वन्नकालागि इटहरी उपयुक्त हुने संकेत गरे । प्रदेसको राजधानीका विषयमा पार्टी भित्र बहस गरी विराटनगर धनकुटा करिडोरलाई नै राजधानी वनाउन सकिने बताए ।

कांग्रेसलाई नआत्तिन सुझाव

नेता नेता भट्टरार्ईले काग्रेसलाई नआत्तिकन जिम्मेवार प्रतिपक्ष वन्न सुझाव दिए । लोकतन्त्रमा वलियो प्रतिपक्षको आवश्यकता हुने भएकाले सत्ता पक्षलाई लगाम लगाउने कार्यमा जिम्मेवार ढँगले अघि वढन उनले काग्रेसलाई सुझाव दिए । त्यो भूमिका संमयता र धैर्यताका साथ पूरा गर्न उनले आग्रह गरे । जनादेश वमोजिमको सरकार निर्माणकालागि कांग्रेसले सहयोग गनुपर्ने उनको भनाई छ ।

उनले काग्रेसलाई संविधानको गलत ब्याख्या नगर्न आग्रह गरे । कांग्रेसले अनेकखाले बखेडा झिकेर संविधानको गलत ब्याख्या गरी सत्ता लम्ब्याउने प्रयास गरे पनि अब एक महिना पनि थेग्न नसक्ने बताए । सम्मान कार्यक्रममा ताप्लेजुड सुनसरी सरोकार समाज इटहरीका अध्यक्ष याम सुव्वा, सल्लाहकार लेखनाथ घिमिरे र लिलाराज भटटराई वोल्दै वधाई ज्ञापन गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७