सरकारी जागिरमा अभिषेक !
एजेन्सी, अभिनेता अमिताभ बच्चनको पुत्र अभिषेक बच्चनले सरकारी जागिरका लागि आवेदन दिएको विषय अहिले बलिउडमा चर्चाको विषय बनेको छ । कर्मचारी चयन आयोग ‘एसएसी’मा आवेदन दिएको खबर बाहिर आएपछि सबैलाई चकित बनाएको छ । यो कुरा एसएससीले खुलाएको जारीमा अभिषेकको प्रवेश पत्र भएपछि खुल्न आएको हो ।
खास के हो ?
एसएसीले लिने परीक्षामा अभिषेक बच्चनको फोटोसहितको आवेदन सकैले मजाक गर्न भरिदिएको थियो । आवेदन भरेपछि कर्मचारीले फोटोमा खास ध्यान नदिइकन स्वीकृति पत्र जारी गरिदिए । र,अभिषेकको परीक्षा केन्द्र पनि तोकिदिए । प्रवेश पत्रमा अभिषेकको नाम र फाटोका साथमा जन्म मिति सन् १९९५ जनवरी १ तारिख उल्लेख गरिएको छ। फोटोको तल अभिषेककै नामबाट हस्ताक्षर पनि गरिएको छ। यति ठुलो गल्ती भए पनि हालसम्म अभिषेक र सम्बन्धित कार्यालय कसैले पनि यसबारे प्रतिक्रिया दिएका छैनन्।