विराट कोहलीलाई कारवाही


२ माघ २०७४, मंगलवार
1491376510 kohali1

काठमाडौं: भारतीय क्रिकेटर कप्तान विराट कोहलीलाई कारवाही गरिएको छ । कप्तान कोहलीलाई खेल भावना विपरित व्यवहार प्रस्तुत गरेको भन्दै कारवाहि गरिएको हो ।
भारत र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्टको तेस्रो दिन अन्तिम सत्रमा सोमबार पानी परेपछि पुनः खेल सुरु भएको थियो ।

1491376510 kohali1

सो क्रममा भारतका कप्तान कोहलीले अम्पायर माइकल गाउफलाई बल भिजेको भन्दै बारम्बर गुनासो गरेका थिए । सो क्रममा आक्रमक रुपमा प्रस्तुत हुँदै बल भुईमा पछारेपछि खेल भावना विपरित व्यवहार गरेको भन्दै कोहलीलाई म्याच फि को २५ प्रतिशत तिर्नुपर्ने गरि कारवाही गरिएको विश्व क्रिकेट परिषद् ‘आइसिसी’ले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७