एउटै काउली १४ किलो बढी


२४ माघ २०७४, बुधबार
coulyflower

काठमाडौं: म्याग्दीका एक किसानले साढे १४ किलोग्राम तौल भएको एउटै काउली फलाएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका पदमबहादुर कार्कीले यति ठूलो काउली फलाएका हुन् ।

coulyflower

कार्कीको वारीमा फलेको काउलीको तौल चौध किलो ५ सय ग्राम छ। त्यो काउलीको मंगलबार तौल लिइएको थियो । त्यसक्रममा साढे १४ किलो पाइएको स्थानीयवासी दलबहादुर कार्कीले जानकारी दिए । कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ ।

मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश कार्कीले प्रवाह गरेका वडा अध्यक्ष रिम कटुवालले बताए । भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालको भनाई छ। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७