गोर्खा आन्दोलनका दुई ‘कमाण्डर’ भन्छन्,‘अन्याय अन्त्य नभएसम्म थाक्दैनौं’

गोर्खा भर्ती सुरु भएको दुई सय वर्ष पुगेको छ । गोर्खाहरुले सन् १८१६ देखी आजसम्मका प्रत्येक सैनिक मोर्चाहरुमा ब्रिटिस साम्राज्यको पक्षबाट लडेका छन् । पहिलो र दोस्रो विश्वयुद्ध तथा त्यसपछिका अनेकौं युद्धहरुको अग्रमोर्चामा रहेर ब्रिटिस साम्राज्य विस्तार रक्षाको लागि लडे यसबिचमा गोरखा सैनिकहरुले १३ वटा भिक्टोरिया क्रस, दुईवटा जर्ज क्रस सहित ६५०० ठुला तक्माहरु पाए । हजारौंको संख्यामा तक्मा तथा बहादुरीका विभुषण पाए । यसबिचमा हाम्रा हजारौं पूर्खाहरु मारिए । घाइते र बेपत्ता भए । परिणामतः संसारभरी बेलायतले आफ्नो साम्राज्य विस्तार गरे । कहिल्यै सूर्य नअस्ताउने देशको स्थापित भयो ।

बेलायत विश्वमा एउटा सर्वशक्तिमान राष्ट्र बन्न सफल भयो । ब्रिटिसहरुकै ऐतिहासिक लिखत र सरकार प्रमुखहरुले पनि भनेका छन्, की ‘गोरखा सैनिकहरुको बलिदान र योगदानको बलमा बेलायतले संसारभर आफ्नो साम्राज्य र शक्ति विस्तार गर्न सफल भए ।’ बेलायतको लागि गोरखाहरुले दखाएको पराक्रम र बहादुरीको व्याख्या गरिएको हजारौं ऐतिहासिक लिखत छन् । भनाइहरु छन् ।

दुई सय बर्ष यता गोरखाहरुले निरन्तर लडिरहेकै छन् । भारतको सिपाही व्रिदोहदेखी इराक र अफगानयुद्धसम्म आइपुग्दा लाखौं लाख गोरखाहरुले बेलायतको लागि बलिदान गरेका छन् । तर, ती युद्धहरुमा कति गोरखा मारिए, घाइते भए र युद्धमा हराए ? यसको तथ्यांक बेलायती सरकारले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । यस विषयमा नेपाल सरकारले समेत अहिलेसम्म कुनै चासो देखाएको छैन । लिखतहरुका अनुसार पहिलो र दोस्रो विश्व युद्धमा विश्वको जनसंख्याको अनुपातमा सबैभन्दा बढी मारिनेहरु गोरखाहरु नै थिए । तथ्यहरुका अनुसार ती युद्धहरूमा करीब ६० हजार गोरखालीहरुले आफ्नो जीवनको बलिदान गरेका थिए । युद्धमा एक जना मर्दा, दुई भन्दा बढी नै घाइते हुन्छन् यो त्यो समयको युद्धको सामान्य प्रकृति नै थियो । यसैबाट अनुमान गर्न सकिन्छ कि कति गोरखाहरु घाइते र बेपत्ता भए । कुनै पनि युद्धहरुमा नेपाल ‘पक्षका रूपमा’ संलग्न थिएन । तर, तत्कालीन नेपालका जहानियाँ राणा शासक र बेलायतीे शासकले आ–आफ्नो स्वार्थको निम्ति गोरखालीहरुलाई बेलायतको पक्षबाट युद्धमा होमिन बाध्य बनाए ।

यसरी गोरखा सैनिकहरुलाई युद्धमा होमे । विश्व रंगमञ्चमा ब्रिटिस एउटा सर्वशक्तिमान राष्ट्र बन्यो ।
तर, युद्धपछि तिनै गोरखा सैनिकहरुलाई विभेद मात्रै होइन चरम अन्याय र शोषण गरियो । न्युनतम् मानविय व्यवहार समेत गोरखाहरुमाथि भएन । ब्रिटिस साम्राज्यले गोरखा भर्तीलाई आफ्नो साम्राज्य फैलाउन, उपनिवेश विस्तार गर्न, तेस्रो मुलुकमाथि प्रभुत्व लाद्न र आफ्नो समृद्धि हासिल गर्न दुरुपयोग त ग¥यो नै गोरखा सैनिकलाई थुप्रै युद्धमा मानवढाल र हिंसाको शिकार पनि बनायो । त्यस्तै, ब्रिटिस साम्राज्यको भरमा टिकेका तत्कालिन राणा शासकहरुले पनि एकातिर गोरखा सैनिकलाई सत्ता टिकाउने ‘कूटनीतिक मुद्रा’ बनाए गोरखा समुदायलाई मास्ने माध्यम पनि बनाए । यसरी इतिहासमा ब्रिटिस गोरखा सैनिकहरु दोहोरो शोषणमा परे ।

हो ! त्यही शोषण र विभेद विरुद्धमा गोर्खाहरुले आन्दोलन जारी राखेका छन् ।

000                                                                                                                                         000

कुनैबेला गोर्खा आन्दोलन विभाजित थियो । एकातिर आन्दोलनको मुलधार गोर्खा भूतपूर्व सैनिक संघ(गेसो) अर्कोतिर बिभिन्न समुह मिलेर बनेको ‘सत्याग्रह संयुक्त संघर्ष’ । एकले अर्काको छेडखानी सामान्य जस्तै थियो । तर, अहिले त्यस्तो छैन । गत एक बर्षअघि यी दुबै संगठनविच कार्यगत एकता छ । यी संगठनका अगुवाहरु एकताबद्ध भएर आन्दोलनमा छन् ।

गेसोका सभापति कृष्णकुमार राई र सत्याग्रह संयुक्त संघर्षका संयोजक कृष्णबहादु राई जोडी जस्तै बनेर आन्दोलन हाकिरहेका छन् । यही जोडीलाई मैले एक बर्षअघि सोधेको थिए,‘तपाईहरुको सहकार्य कहिलेसम्म ?’ उत्तर थियो,‘गोर्खाहरुमाथि भएको विभेद र अत्यचार अन्त्य नभएसम्म ।’ फेरि एक बर्षपछि आइतबार अन्तरवार्तामा पनि यी जोडी उस्तै प्रतिबद्धत थिए । जसरी पनि आन्दोलनलाई ठोस गर्ने उनीहरुको प्रतिबद्धता छ । हेर्नुहोस् अन्तरवार्ता :-

प्रतिक्रिया दिनुहोस्