ओली–प्रचण्डले जुराएको ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिल्यै आयोगमा दर्ता


८ फाल्गुन २०७४, मंगलवार
Election ayoge 1 1

काठमाण्डौं, ८ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकरणपछि जुटाएको नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा पहिला नै दर्ता भएको पाइएको छ ।Election ayoge 1 1

ओली–प्रचण्डले जुराएको नयाँ पार्टीको नाम ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गतेको निर्वाचनमा ‘घन र कोदालो’ चिन्हमा दर्ता भएको भेटिएको छ । आज एकीकरणपछिको पार्टी दर्ता गर्न जाने तयारी भइरहेका बेला आयोगले यस्तो जानकारी गराएपछि अब ओली–प्रचण्डले कस्तो कदम चाल्ने र पार्टीको नाम के जुराउने हुन् भन्नेबारे प्रतिक्रिया आउन बाँकी नै छ ।

आयोगका कानुन शाखाका अधिकृत घमचन्द्र तिम्सिनाका अनुसार नेपाल कम्युनिष्ट पार्टी २०४८ सालअघि नै आयोगमा दर्ता छ । नेपाल कम्युनिष्ट पार्टीको नाम नेत्रविक्रम चन्द विप्लव समूहले पनि दाबी गर्दै आएको छ । तर, चन्दको पार्टी आयोगमा दल दर्ता नभएका कारण उनको दावी आयोगको दायरामा नपर्ने जनाइएको छ । आयोगले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता गरेको थियो ।ghan

आयोगले पहिला नै सोही नाममा अर्को दल दर्ता भएको अवस्थामा नयाँ दल सोही नाममा दर्ता गर्दैन । योसँगै दुई ठूला वाम गठबन्धनले अर्को नाम जुराउनु पर्ने हुन्छ । २०७३ स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आव्हान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टीले आवेदन दिएको थियो ।

त्यतिबेला पनि आयोगले ३९ नम्बरमा नेपाल कम्युनिष्ट पार्टीको सूची प्रकाशित गरिदिएको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १ (ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ । यसअघि मधेस केन्द्रित दलहरु एक भएर राष्ट्रिय जनता पार्टीको नाममा दर्ताका लागि आयोग पुगेका बेला पनि दर्ताका लागि अस्वीकार गरिदिएको थियो ।

पछि राजपाले नामको पछाडि नेपाल शब्द जोडेको थियो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिष्ट पार्टी बनाउने एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति ११ बजेसम्म चलेको एकता संयोजन समिति बैठकले यस्तो निर्णय गरेको हो । दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘माक्र्सवाद र लेनिनवाद’ रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७