राष्ट्रियसभा उपाध्यक्षमा २ जनाको उम्मेदवारी दर्ता


३ चैत्र २०७४, शनिबार
dahal and ale

काठमाडौं: राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा ‘माओवादी केन्द्र’का शशिकला दाहाल र ‘नेपाली काँग्रेस’का वृन्दादेवी आले ‘राना’ को उम्मेदवारी परेको छ ।

dahal and ale
फाइल तस्बिर

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि आज ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ ।

निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् । भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व हुन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ ।

राष्ट्रियसभाको अध्यक्षमा नेकपा ‘एमाले’का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७