एन आई सी एशियाको शाखारहित बैंकिङ्ग सेवा बनेपाको महेन्द्रज्योति देउरालीमा


१ बैशाख २०७५, शनिबार
nic asia

काठमाडौं, ११ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीमा पाचौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुका साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि मंगलबार बाट एनआईसीले देउरालीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको बैंकले जानकारी दिए ।nic asia

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले गरेका छन्। शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा सन्त कुमार तामाङलाई नियुक्त गरेको छ।

उक्त बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ्ग सेवा लिन सक्नेछन्। साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग बानिको विकाश हुने विश्वास बैंकले लिएको छ।

यसबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवाको (टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले दावी गरेको छ ।

देशभरमा एनआईसी एशिया बैंकले १९६ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ५ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार   १५७ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०९ अर्ब र कुल निक्षेप करिब रू १३४ अर्ब पुगिसकेको छ ।

यस्तै बैंककाे वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । भने संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७