अष्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थी मृत भेटिए


६ कार्तिक २०७४, सोमबार
death
Corpse

अष्ट्रेलिया: मेलवर्नमा एक नेपाली विद्यार्थीको मृत्य भएको एक साता नबित्दै अस्ट्रेलियाको सिड्नीमा अर्का एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।उदयपुरका स्थायी बासिन्दा अन्जन कुमार भट्टराई सिड्नीस्थित आफ्नै डेराभित्र मृत भेटिएका हुन्।उनको मृत्युको कारण भने पुष्टी भइसकेको छैन। चिकित्सकहरूका अनुसार ब्रेनह्यामरेजबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान छ।

death

आइतबार साँझ साथीभाईसँग भेटघाटपछि अञ्जन असाइन्मेण्ट गर्न डेरामै बसेका थिए करीब १ घण्टापछि काममा गएका साथीहरू फर्किएर आउँदा अञ्जान अचेत अवस्थामा भेटिएका थिए। चिकित्सकहरूले सोमबार बिहान करीब २ बजे उनलाई मृत घोषणा गरेका थिए।

कोरोनाबाट विस्तृत रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारणबारे तथ्य खुल्ने चिकित्सकहरूले बताएका छन्। अन्जन सिक्युयु विश्वविद्यालयमा एकाउण्टिङमा स्नातकोत्तर अध्ययन गर्दै थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७