गृहमन्त्रीको निर्देशनमा सिरुवा कम्पनीका बस्नेत पक्राउ, देशभरका ‘लापर्वाह’ ठेकेदारको बन्दैछ सूची


४ जेष्ठ २०७५, शुक्रबार
Ram Bahadur Thapa Badal

काठमाडौं, ४ जेठ । समयमा काम सम्पन्न नगरेको भन्दै प्रहरीले एक जना निर्माण ब्यवसायीलाई पक्राउ गरेको छ । ठेक्का दिएको काम समयमा नसकेको भन्दै सिरुवा कन्सट्रक्सन कम्पनीका व्यवसायी सुरेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।Ram Bahadur Thapa Badal

भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्बाही ढङ्गले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साताभित्र पठाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशनपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बिहीबार परिपत्र जारी गरेको थियो । मन्त्रालयको परिपत्र अनुसार प्रहरीले जिल्ला प्रशासन कार्यलयको निर्देशनमा उनलाई पक्राउ गरेको हो ।

पृथ्वी राजमार्गको कास्कीस्थित गगनगौँडादेखि लेखनाथ नगरपालिकासम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सिरुवा कन्सट्रक्सन कम्पनीले पाएको थियो । ’जिल्ला प्रशाससन कार्यालयको निर्देशनमा पक्राउ गरेको हौं’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भने । बस्नेतले सडक स्तरउन्नतिको लागि २ करोड ४४ लाख रुपैयाँमा ठेक्का लिएका थिए । पक्राउ परेका बस्नेतलाई समयमा नै काम सक्ने लिखित कागज गराएर छोड्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७