सन्दीपसँग बलिङ कला सिक्न मन छ : भारतीय स्पिनर मिश्रा


६ जेष्ठ २०७५, आईतवार
sandeep and amit mishra

काठमाडौं, ६ जेठ । नेपाली स्पिनर खेलाडि सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग –आइपिएल)मा गरेको उत्कृष्ट प्रदर्शनसँगै प्रंसशाको ओहिरो लागि रहेको छ । दिल्ली डेयर भिल्सबाट आइपिएल खेलका सन्दीपले तीन खेलमा ५ विकेट लिएका छन् । दिल्लीको १२ खेलसम्म बेन्चमा बसेको सन्दीपले अहिले भइरहेको खेलमा मुम्बई इण्डियसको ३ तीन विकेट लिए ।sandeep and amit mishra

उनको उत्कृष्ट प्रर्दशनसँगै भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङको प्रशंसा गरेका छन् । मिश्राल अभ्यासका खेलका क्रममा सन्दीपको बलिङलाई आफुले नजिकबाट नियालेको र उनको बलिङमा चमत्कार रहेको बताएका हुन् ।

मिश्राले टेलिभिजन च्यानल स्टार स्पोर्टसँंग कुरा गर्दै भने,‘सन्दीपबाट म पनि सिधा बल फाल्ने कला सिक्न चाहान्छु ।’
सन्दीपले आईपीएल सकिँदासम्म आफूलाई त्यो कला सिकाउने विश्वास लिएको पनि उनले बताए । बलिङका क्रममा आफूले सन्दीपलाई विकेट लिनैपर्छ भन्ने वा ब्याटिङमा को छ भन्ने कुरालाई मतलब नगरी आफ्नो मौलिक पारामा बलिङ गर्न सुझाव दिएको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७