लागू औषधसहित १० जना पक्राउ


७ जेष्ठ २०७५, सोमबार
pakrau 1

पोखरा, ७ जेठ । पर्यटकीय क्षेत्र खहरेबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।  साेमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर घर्ती मगरले तीन दिनको अवधिमा छ किलो २५० ग्राम खैरो चरेश, डाइजेपाम पाँच सय चार थान, फेनेरगन पाँच सय चार थान, नर्फिन पाँच सय चार थान, नाइट्रोसन ११८ थानसहित १० जनालाई पक्राउ गरेको जानकारी दिए । pakrau 1

यसैगरी, प्रहरीको सक्रियतामा पोखराको विभिन्न वस्तीबाट घरेलु मदिरा ३५० लिटर, कच्चा पदार्थ चार हजार २७० लिटर, मदिरा बनाउन प्रयोग गरिने पाँच सेट भाँडा र ८८ वटा प्लाष्टिकका समेत ढोल पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७