सुस्त मनस्थितिका युवालाई ‘नक्कली’ छोरा बनाएर चोरियो मृगौला


१३ जेष्ठ २०७५, आईतवार
mirgaula

काठमाडौं, १३ जेठ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा एक सुस्त मनस्थितिका युवालाई ‘नक्कली’ छोरा बनाएर मृगौला झिकिएको खुल्न आएको छ ।mirgaula

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा काभ्रे नालाका कुमार गिरीको मिर्गौला चोरी गरिएको । गिरी आफ्नो छोरो भएको भन्दै नक्कली कागजपत्र बनाएर गिरीको मृगौला निकालेर मोरङका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिएको खुल्न आएको हो । बस्नेतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

पीडितका आफन्त प्रह्लाद गिरीका अनुसार वैशाख १० गते गिरीको मृगौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो । गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणीकरणका नक्कली कागजपत्र बनाएर मृगौला प्रत्यारोपण गरिएको पाइएको प्रहरीले जनाएको छ । आशिष फरार रहेको प्रहरीले जनाएको छ । दुई महिनासम्म गिरीलाई पालन–पोषण गरेर पत्थरीको समस्या छ भन्दै त्यसको उपचारका नाममा अस्पताल भर्ना गरेर मृगौला निकालिएको पीडितको भनाइ छ । नेपालको कानुन अनुसार नजिकका आफन्त बाहेक अन्यले मृगौला दिन मिल्दैन ।

गिरी अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नागार्जुनस्थित आफन्तको घर नजिकै लगेर केही दिनअघि छाडिएको थियो । आफन्तले पेट चिरिएको देखेपछि सोधपुछ गर्दा मृगौला निकालिएको खुलेको हो । पीडित गिरीका गाउँले लालचन्द्र गिरी र डिल्लुराम गिरीसँग आशिषको चिनजान थियो । सोही आधारमा उनले आफ्नो बुबालाई मृगौला दिने व्यक्ति खोजी गरेका थिए ।

उनीहरुले आफ्नो गाउँमा सुस्त मनस्थितिका व्यक्ति रहेको र उसलाई आर्थिक प्रभावमा पारेर मृगौला निकाल्न सकिने आश्वासन दिएका थिए । जसअनुसार शुक्रबार पीडितका आफन्तले भक्तपुर प्रहरीमा उजुरी गरेपछि मृगौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको भक्तपुर परिसरका डिएसपी कृष्ण प्रसाईंले बताएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७