श्रीमानले नै चोरी दिए मृगौला !


२५ माघ २०७४, बिहीबार
mirgaula

भारतकी एक महिलाले आफ्नो श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा आफ्नो एउटा मृगौला चोरेको आरोप लगाएपछि प्रहरीहरूले उनीहरूलाई पक्राउ गरेको छ ।mirgaula

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए । सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मृगौला नभएको देखाएको थियो । ती महिलाले उनका श्रीमान्ले बेलाबेला दाइजोको माग गर्ने गरेको आरोप लगाएकी छन् ।
महिलाका लागि भारत कति सुरक्षित ?

परम्परागत रूपमा बेहुलीका परिवारले बेहुलाको परिवारलाई दिने दाइजोमाथि भारतमा सन् १९६१ मा प्रतिबन्ध लगाइएको थियो । भारतीय सञ्चारमाध्यमसँग बोल्दै पीडित भनिएकी रीता सरकारले आफू दाइजोका कारण वर्षौंदेखि घरेलु हिंसामा पर्दै आएको बताएकी छन् । हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ, “मेरा श्रीमान्ले मलाई कोलकातास्थित निजी नर्सिङ होममा लगे जहाँ मलाई मेरा श्रीमान् र त्यहाँका कर्मचारीले शल्यक्रियाबाट सुन्निएको एपेन्डिक्स हटाए ठिक हुने बताएका थिए ।’

‘मेरो श्रीमान्ले कोलकातामा भएको उपचारबारे कसैलाई केही नभन्न सचेत गराएका थिए ।’ महिनौंपछि उनलाई बिसन्चो भयो र परिवारका सदस्यले उनलाई अस्पताल लगे । उपचारका क्रममा उनको दाहिने मृगौला नभएको पत्ता लागेको उनले बताइन् । दोस्रो परीक्षणले उनको मृगौला नभएको प्रमाणित भयो ।

‘मैले त्यसपछि बुझेँ किन मेरो श्रीमान्ले मलाई यसबारे कसैलाई नभन्नू भनेका थिए’–उनले हिन्दुस्तान टाइम्सलाई बताएकी छन् । ‘मेरो परिवारले दाइजोको माग पूरा गर्न नसकेको हुनाले उनले मेरो मृगौला बेचेका हुन् ।’ द टेलिग्राफले प्रहरी निरीक्षक उदयशंकर घोषलाई उद्धृत गर्दै लेखेको छ, ‘हामीले अवैध धन्धामा संलग्नता रहेको आशंका गरेका छौं ।’ ‘मानव अंग प्रत्यारोपण प्रावधानअन्तर्गत हामीले मुद्दा दर्ता गरेका छौं । हामीले तीन जनाविरुद्ध हत्या प्रयास र श्रीमतीलाई यातना दिएको अभियोग लगाएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७