‘कार्टुन्ज क्रु’को साथमा टिका प्रसाईको ‘माया लुकी–लुकी’ सार्वजनिक (भिडियोसहित)


२५ जेष्ठ २०७५, शुक्रबार
cartoon creaw

काठमाडौं, २५ । नेपालको चर्चित डान्स गु्रप ‘कार्टुन्ज क्रु’को टिमले फिचरिङ गरेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका टिका प्रसाईको नयाँ गीत ‘माया लुकी–लुकी’मा क्रृको टिमले फिचरिङ गरेका हुन् । cartoon creaw

प्रसाईको स्वरमा रहेको स्वर रहेको यो गीतमा आस्माले पहिलो पल्ट लिड डान्स गरेकी छिन् । भिडियोमा टम बोइ खालको केटीको रोमान्टिक फिलिङ देखाउन खोजिएको छ । भने कान्टुर्न क्रृका साथ नयाँ सदस्य सजना प्रदान पनि थपिएकी छिन् ।

कृका क्याप्टेन सरोज अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा आश्मा, सुबिन, सरोजकै कोरियोग्राफी रहेको छ । भने भिडियोको सम्पादन प्रविन श्रेष्ठले गरेका हुन । cartoon creaw.JPG1

भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी विकास राई र साजन चौहानले फिचरिङ गरेका छन् । चौहान कार्टुन क्रृका नयाँ सदस्य हुन् ।

‘तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना’ जस्ता थुप्रै हिट गीतहरु गाइसकेकी प्रसाईको यस गीतमा आनन्द अधिकारीको शब्, आशिष अविरलको संगीत र संगीत संयोजनमा रहेको छ ।

याे पनि पढ्नुहाेस्
अहिलेसम्म एक्लो छु, कोही आउँला : आश्मा विश्वकर्मा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७