जागिर खाइरहनु भएको छ ? ३ कुरा ख्याल गर्नु, कमाइ र करिअर दुबै बन्छ


३० जेष्ठ २०७५, बुधबार
Clipboard24 5

काठमाडौं, ३० जेठ । मूल्य भनेको महत्व निर्माण गर्ने एक साधारण तरिका मात्रै हो । गुणस्तर, मनोभाव र प्रक्रियाजस्ता कुनै वस्तुको मूल्य भनेको त्यसको महत्व र उपयोगिता हो । यदि तपाईंले कुनै पनि वस्तुमा मूल्य लगाउनु हुन्छ भने त्यो त्यस वस्तुको महत्व र उपयोगिता नै हो ।Clipboard24 5

वस्तु र व्यक्तिमाथि मूल्य लगाउनु भनेको तपाईंको विचारमा त्यो महत्वपूर्ण हुन्छ र तपाईं त्यसको सराहना गर्नुहुन्छ भन्ने बुझिन्छ । मूल्यले व्यक्तिको व्यवहार र उसको मनोभावलाई प्रभावित गर्छ र यसले सबै प्रकारका परिस्थितिमा निर्देशन गर्ने कार्य गर्छ ।
आफूले काम गर्ने मानिसमाझ महत्वपूर्ण कसरी बन्ने त भनेर यहाँ तीन साधारण प्रक्रियाबारे बताइएको छ ।

१) आफ्नो वास्तविक मूल्यको पहिचान

मानिसको महत्व कुनै विशेष पदमा सीमित हुँदैन । तपाईंले आफ्ना व्यावसायिक पहिचानमा व्याख्या गरेभन्दा धेरै पर गएर सोच्नुपर्छ । आफूजस्तै वा आफूभन्दा उत्कृष्ट कौशल भएका व्यक्तिहरू जहाँ पनि हुन सक्छन् । त्यसैले आफ्नो वास्तविक महत्व बुझ्न बढी आवश्यक छ । यसरी सोच्न शुरू गरिएन भने आम्दानी बढाउन मात्रै होइन करियरको विकासमा पनि कठिनाइ आउन सक्छ । आफूले हाल काम गरिरहेको क्षेत्रमा आफ्नो मूल्य स्थापना गर्नु भनेको आफूलाई जागीरको पदबाट अलग राख्नु पनि हो । यसको अर्थ तपाईंमा रहेको कामप्रतिको जिम्मेवारी छोड्नु भन्ने चाहिँ होइन । बरू योभन्दा पर गएर पनि सोच्नु भन्ने हो ।

उदाहरणका लागि एउटै व्यक्तिलाई विभिन्न शब्दमा परिभाषित गर्न सकिन्छ । उसलाई एउटै शब्दमा व्याख्या गर्न सकिँदैन । विभिन्न क्षेत्रमा रहेका मानिसका लागि उसको महत्त्व फरक फरक हुन सक्छ । कुनै पनि विशेष भूमिका स्थापना गर्नेभन्दा पनि मूल्य निर्माण गर्न ऊ बढी केन्द्रित हुने भएकाले पनि यस्तो व्याख्या भइ नै रहन्छ । त्यसैले आफूलाई प्रोग्रामर, ग्राफिक डिजाइनर, वकिल, रियल इष्टेट एजेण्ट जस्ता एउटै काम र पेशामा मात्र सीमित नगरी मानिसको समूहमा लाभमूलक परिवर्तनको निर्माण गर्ने व्यवसायका रूपमा सोच्नुपर्छ ।

२) व्यवसायका रूपमा काम गर्ने
तपाईंले व्यवसाय शुरू गर्ने होइन, तपाईं आफू नै एउटा व्यवसाय हो भन्ने कुरा बुझ्न आवश्यक छ । यो कसरी भयो त ? यो हामीले छानेर भएको पनि होइन । सबै व्यवसाय एउटा तत्व हो जसले व्यापारमा संलग्न भएर जीवीकोपार्जनमा सहयोग पु¥याउँछ । तपाईं आफै पैसाको निर्माता, विचार उत्पादक र निर्माण मेशिन पनि हुनुहुन्छ । त्यसैकारण कुनै मूल्यवान् वस्तुको साटफेर गर्ने लक्ष्यसहितको अद्वितीय प्रस्ताव बन्ने प्रयास गर्नुपर्छ । अद्वितीय प्रस्ताव भएकैले जोकसैले पनि मूल्यको निर्माण गर्न सक्छ र आफ्नो कम्पनीमा पनि यस्तै गर्न सकिन्छ ।

३) शाखा विस्तार

आम्दानीको बहुप्रवाहको निर्माण गर्नु नै सम्पत्तिको पवित्र ‘ग्रेल’ (जिजस क्राइष्टले लाष्ट सपरमा प्रयोग गरेको कप) हो भन्ने भनाइ कम्पनी र व्यक्तित्वका लागि पनि सही साबित हुन्छ । मूल्यको निर्माण गर्नु भनेको के हो भन्ने कुरा बुझिसकेपछि व्यवसायका रूपमा आफ्नो कम्पनीभित्र मूल्यको निर्माण कसरी गर्ने भन्ने तरीका तपाईंले खोज्नुहुन्छ । आफ्नो विचारधारालाई परिवर्तन गरिसकेपछि तपाईं आफ्नो मूल्यको साटफेर गर्ने अवसरको खोजी गर्नुहुन्छ ।

यसो गर्नु तपाईंको हालको जागीर बाहिरको कुरो भए पनि यसले तपाईंमाथि थप नयाँ जिम्मेवारी पनि ल्याउन सक्छ ।
व्यवसायमा रूपमा आफूलाई ढाल्नुपर्छ र थप पैसा कमाउन आफूले गरिरहेको काममा थप के गर्नुपर्छ भनेर दिमाग लगाउनुपर्छ । जागीरमा भएको विशेष पदभन्दा बाहिर गएर र सोभन्दा बढी सोच्नेलाई आफ्नो लक्ष्य बनाउन आवश्यक छ । तपाईंले जे काम पाउनुहुन्छ त्यो गर्नुहोस्, मूल्य प्रवाहको दोस्रो चरण प्राप्त गर्नुहोस् र त्यसपछि आफ्नो आम्दानी र तपाईंको कम्पनीको वृद्घिमा तपाईंको महत्व कति छ त्यो हेर्नुहोस् ।

अस्मिता ढकाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७