नोवल शान्ति पुरस्कारका लागि डोनाल्ड ट्रम्पको नाम सिफारिस


३१ जेष्ठ २०७५, बिहीबार
575922 donald trump white house700

काठमाडौं, ३१ जेठ । नोवल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति ‘डोनाल्ड ट्रम्प’को नाम सिफारिस भएको छ । नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् ।575922 donald trump white house700

उत्तर कोरियाली नेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका उनी उपयुक्त भएको भन्दै नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका सांसदहरु क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनले सिफारिस गरेका हुन् ।

‘उत्तर र दक्षिण कोरियाबीच निशस्त्रीकरण मार्फत शान्ति कायम गर्न ट्रम्पले ठूलो र महत्वपूर्ण कदम चालेका छन्’ उनीहरुले नर्वेको समाचार एजेन्सी एनटीबीसँग भनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोग उनबीच सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्याम्पेलामा मंगलबार ऐतिहासिक शिखर वार्ता भएको थियो ।

नोवल कमिटीले सन् २०१८ को नोवल पुरस्कारका लागि सिफारिस आहृवान गरेको छ ।

याे पनि पढ्नुहाेस्
सिंगापुरमा ट्रम्प र किमबीच एेतिहासिक भेटवार्ता
ट्रम्प–किमको सुरक्षा दिइरहेका गोर्खालीको पीडाले के देश दुख्दैन ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७