काठमाडौंका किशोरी गर्भपतन गर्नेमा सबैभन्दा अगाडि, एक वर्षमा १४ हजार गर्भपतन


८ असार २०७५, शुक्रबार
garva patan

काठमाडौं, ८ असार । बढ्दो आधुनिकता र स्वास्थ्य सेवामा पहुँच बढेसँगै किशोरीहरुमा सानै उमेरमा सेक्स सम्बन्ध राख्ने र गर्भपतन गराउने क्रम बढेको छ ।garva patan

यसरी गर्भपतन गराउनेमा काठमाडौंका किशोरी अगाडि देखिएका छन् । एक बर्ष मै १४ हजार भन्दा बढी किशोरीले गर्भपतन गराएको सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा आर्थिक वर्ष २०७३–७४ को १४ हजार ३६९ जना युवतीले गर्भपतन गराएका छन् । गर्भपतन गराउने युवतीहरु सबै २० बर्षभन्दा मुनीका किशोरीहरु छन् । उनीहरु सबै स्कुल तथा कलेजमा अध्ययन गर्छन् ।

गर्भपतन गराउनेमध्ये ६ हजार १९६ जना युवतीहरुले औषधि प्रयोग गरेको विभागले जानकारी दिएको छ । यस्तै ८ हजार १७३ जना किशोरीले शल्यक्रिया गरी गर्भपतन गराएका थिए । यसरी गर्भपतन गराउनेमध्ये अधिकांश युवतीहरु अविवाहित छन् । गत आर्थिक वर्ष २०७२–७३ को १४ हजार ६९९ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएको विभागले जानकारी दिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष केही कमी आएको छ ।

सबैभन्दा धेरै गर्भपतन प्रदेश नम्बर–३ को काठमाडौँ जिल्लामा भएको छ । विभागका अनुसार काठमाडौंमा मात्रै १ वर्षमा ३ हजार ११३ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएका छन् । जसमा १ हजार ७६५ जनाले औषधि प्रयोग गरेका थिए । १ हजार ३४८ जनाले अप्रेसन मार्फत गर्वपतन गराएका थिए । प्रदेश नम्बर–३ कै रसुवामा भने गर्भपतन नभएको विभागले जानकारी दिएको छ ।
प्रदेश नम्बर ५ को दाङ जिल्लाका २ हजार ४१ जना किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएका थिए । ३ वटा जिल्लामा २० वर्ष मुनिका केटीहरुले गर्वपतन नै गराएका छैनन् । जसमा रुकुम, हुम्ला र सुवामा कसैले पनि गर्भपतन गराएको तथ्याङ्क छैन् । सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग स्वाथ्यकर्मीहरुले सुझाव दिने गरेका छन् । गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछि तत्काल परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउछन् ।

नेपालमा कानुनले नै केटीको र केटाको उमेर २० वर्ष भनेर तोकेको छ । सुरक्ष्ीित गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ ‘गर्भवती महिला’को मञ्जुरीमा पतन गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै, महिलको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न पाइने व्यबस्था छ । लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७