नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह


२९ असार २०७५, शुक्रबार
urjaman uk

काठमाडौँ, २९ असार : ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बेलायतलाई आग्रह गरेको छ ।urjaman uk मन्त्री पुनसँग शिष्टाचार भेटका लागि आज मन्त्रालय पुग्नुभएका नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरीसलाई सो आग्रह गरेको हो ।मन्त्री पुनले नेपालमा राजनीतिक स्थायित्वको युग शुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गरे ।

उनले आफू ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको बताए ।मन्त्री पुनले प्रशारण लाइनको गुरुयोजना भर्खरै मन्त्रालयको तर्फबाट सार्वजनिक भएको भन्दै त्यसमा बेलायती लगानीकर्तालाई लगानी गर्न आग्रह गरे ।

मन्त्री पुनले नेपालको जलविद्युत् क्षेत्रमा समेत लगानीको उपयुक्त वातावरण बनेको धारणा राखे । उनले वर्तमान सरकारको नीति लगानीमैत्री वातावरण बनाउनेतर्फ रहेको भन्दै त्यसका लागि नयाँ नीति ल्याउने र केही नीतिमा परिमार्जन गर्ने तयारी भइरहेको जानकारी दिए ।

भेटमा राजदूत मोरीसले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताए। उनले वैकल्पिक ऊर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डिएफआइडी मार्फत काम भइरहेको जानकारी दिँदै आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत मोरीसले नेपाललाई सहयोग गर्ने विषयमा विकास साझेदार अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग समन्वयात्मक ढंगले काम गर्न आफूहरू तयार रहेको धारणा राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७