मन्दिरमा सामुहिक बलात्कार, यज्ञकुण्डमा जलाएर हत्या


३१ असार २०७५, आईतवार
rape 4

काठमाडौं, ३१ असार । मन्दिर धर्मका लागि जाने ठाउँको रुपमा लिइन्छ । भगवानको बासस्थानका रुपमा लिइने त्यही मन्दिरमा मान्छेले सामुहिक बलात्कारपछि जलाएर हत्यासम्म गर्नु कहाँसम्मको पाप हो ? तर, मान्छेले राक्षसी रुप लिएपछि भगवानकै अगाडि पनि यति ठूला पाप गर्दोरहेछ भन्ने कुरा एक मन्दिरमा गरिएको बलात्कारपछि यज्ञकुण्डमा जलाएर गरिएको हत्याको घटनालाई हेर्दा पुग्छ ।rape 4

दुनियाँलाई चकित बनाउने यस्तै घटना भारतको उत्तर प्रदेशमा भएको छ । उत्तर प्रदेशको सम्भल जिल्लामा भएको यस सामुहिक बलात्कारपछिको अग्नि दहनले भारतभरी सनसनी मच्चाएको छ । एक ३५ वर्षीया युवतीलाई ५ जनाको समूहले सामुहिक बलात्कार गरेर नजिकैको मन्दिरमा रहेको हवन गर्न बनाइएको यज्ञकुण्डमा लगेर ज्युँदै जलाएर बर्बरतापूर्वक हत्या गरिएको छ ।

बलात्कारपछि ती महिलालाई कुनै मट्टितेल हालेर जलाइएको होइन, मन्दिरमा रहेको यज्ञशाला कुण्डमा फालेर जलाइएको हो । उत्तरप्रदेश प्रहरीले जनाएअनुसार, दुई सन्तानकी आमा रहेकी ती महिलालाई ५ जनाले सामुहिक बलात्कारपछि यज्ञशालामा ज्युँदै जलाएर हत्या गरेका हुन् । बलात्कारपछि यज्ञकुण्डमा ज्युँदै जलाएको यो पहिलो घटना हो ।

घटनाले स्थानीय जनतामा आक्रोश र पीडा एकैसाथ बढाएको छ । यद्यपि घटनाबारे १०० नं मा डायल गरेर प्रहरीलाई जानकारी दिन खोजिए पनि फोन नउठाएको मृतक महिलाका श्रीमानले जनाएका छन् । यस घटनामा हालसम्म कसैलाई पक्राउ समेत नगरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार राति करिव साढे २ बजेतिर बलात्कारी गिरोह उनको घरमै पुगेको मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीमा बताएका छन् ।

जाहेरीमा भनिए अनुसार बलात्कारपछि गिरोह बाहिरियो, तब पीडित महिलाले प्रहरीलाई फोन गरिन् तर कुनै जवाफ आएन । बलात्कार गरेर बाहिरिएको त्यो गिरोह केहीबेरमै फेरि भित्र आएर महिलालाई अपहरणको शैलीमा घरबाहिर निकालेर लगेको र यज्ञशालामा ज्युँदै जलाएर हत्या गरिएको बताइएको छ । यसले घटनालाई रहस्यमय बनाएको छ यद्यपि प्रहरीले अनुसन्धान जारी रहेकाले घटनाको सत्य तथ्य चाँडै बाहिर आउने बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७