सैनिक ऐन संशोधन गरिंदै, सरुवा–बढुवाको फास्ट ट्रयाक खारेज हुँदै


३२ असार २०७५, सोमबार
nepal army

काठमाडौं, ३२ असार । रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधनको प्रक्रिया थालेको छ । nepal army

सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक ऐन २०६३ र नियमावली २०६९ संशोधन प्रक्रिया अघि बढाएको मन्त्रालय निकट समाचार उच्च स्रोतले जानकारी दियो ।

यस्तै सेनानीबाट प्रमुख सेनानी तथा प्रमुख सेनानीबाट महासेनानी बढुवामा २०६९ सालमा लागू गरिएको फास्ट ट्रयाक प्रणाली पनि सैनिक नियमावली संशोधनसँगै खारेज हुने मन्त्रालका एक अधिकारीले जानकारी दिएका छन् ।

शिक्षा, स्वास्थ्य, विकास निर्माण, इन्धन खरिद–विक्रिीलगायतका क्षेत्रमा सेनाको भूमिका विवादास्पद हुन नदिन दायरा संकुचन बनाउने पनि रक्षाको तयारी रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७