हैम्पसायरविरुद्ध पारसले बनाए डेढ सय रन


५ श्रावण २०७५, शनिबार
Paras Khadka celebrates scoring 50 runs
कप्तान पारस खड्का । फाइल तस्बिर

लण्डन, ५ साउन । यूरोप भम्रणमा रहेको नेपाली टोलीको कप्तान पारस खड्काले पहिलाे अभ्यास खेलमा डेढ सय रनको बनाएका छन् । कप्तान पारसले इङ्ल्याण्डको लण्डनस्थित हैम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पारसले १ सय ६ बलको सामना गर्दै १ सय ६१  रन बनाएका हुन् । उनले १९ चौका र ७ छक्का प्रहार गरे । Paras Khadka celebrates scoring 50 runsफाइल तस्बिर ।

नेपालले जुलाई २९ तारिखमा लर्डसमा हुने त्रिकोणात्मक टी–२० र लगत्तै नेदरल्याण्डसविरुद्धको ऐतिहासिक एक दिवसीय श्रृखंलाको लागि हैम्पसायरसँग पहिलो अभ्यास खेल खेलेको हो ।

पारस आउट भएसँगै नेपालले ३८ ओभरमा ६ विकेट गुमाएर २६९ बनाएको छ । यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३७(४६), ज्ञानेन्द्र मल्लले ५(११), सुवास खकुरेलले ११(१७) र शरद भेषावकरले १४(१७) रन जोडेका थिए ।

यसपछि नेपालको अन्य विभिन्न क्लबसँग थप तीनवटा अभ्यास खेल खेल्दै लर्डसमा त्रिकोणात्मक सीरिज खेल्ने कार्यक्रम छ ।नेपालले जुलाई २३ मा सेन्ट क्रससँग टी–२०, २५ जुलाईमा इष्ट लण्डनसँग ५० ओभरको खेल र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग टी–२० को अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७