बालाजु र धर्मस्थली बस्नु हुन्छ ? सोमबार विजुली आउँदैन, विकल्प खोज्नुस्


६ श्रावण २०७५, आईतवार
bulb

काठमाडौं, ६ साउन । बालाजु र धर्मस्थली क्षेत्रमा भोलि (सोमबार) बिजुली नआउने भएको छ । उक्त क्षेत्रमा सडक विस्तारका कारण बिजुली नआउने भएको हो ।bulb

सोमबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीसम्म बिजुली बन्द हुने नेपाल प्राधिकरले जानकारी दिएको छ ।

प्राधिकरणको अनुसार बालाजु औद्योगिक क्षेत्रमा पनि दिउँसो २ देखि बेलुकी ५ बजेसम्म बिजुली बन्द हुने भएको छ । विजुली नआउने भएपछि सर्वसाधरणले यसको विकल्प खोज्नु पर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७