तरुण दलद्वारा सरकारलाई ताला साँचोे


६ श्रावण २०७५, आईतवार
Tarun Dal

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ । Tarun Dal

आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला साँचो बुझाएको हो ।

सो अवसरमा अध्यक्ष खड्काले सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनजीविका र जारी भइसकेको चिकित्सा शिक्षा अध्यादेशअनुसारको विधेयक नल्याएर जनताको स्वास्थ्यमाथि ताला लगाउन खोजेको आरोप लगाए । सोही कारण सरकारमाथि पनि आफूहरुले ताला लगाउन प्रमुख जिल्ला अधिकारीमार्फत ताला साँचो बुझाएको उनको भनाइ थियो । तरुण दलले आज ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७