‘रोमान्स’ रेष्टुरेण्डकी संगीता मृत फेला


काठमाडौं, २५ साउन । काठमाडौंको जडिबुटीस्थित एक रेष्टुरेण्टमा काम गर्ने युवती मृत फेला परेकी छन् ।

फाइल तस्बिर

जडिबुटीस्थित ‘रोमान्स’ रेष्टुरेन्टमा काम गर्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका–७ की संगीता भारती शुक्रबार आफू सुत्ने विस्तारामै मृत भेटिएकी हुन् ।

रेष्टुरेण्टकै कोठामा बस्दै आएकी भारती बिस्तारामै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । भारतीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्