मेसीको कप्तानीमा बार्सिलोनाले जित्यो स्पेनिस सुपरकप


२८ श्रावण २०७५, सोमबार
1534121870messi

मोरक्को, साउन २८(एजेन्सी) ।  लिओनल मेसीले आफनो कप्तानीमा बार्सिलोनालार्इ पहिलाे उपाधि जिताएका छन् । सोमबार बिहान भएको खेलमा  वार्सिलोनाले सेभिल्लालाई हराउँदै १३औं पटक स्पेनिस सुपरकपको उपाधि जितेको छ ।

बार्सिलोनाले सेभिल्लालाई २–१ ले हराउँदै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेकाे हाे । लिओनल मेसीको नेतृत्वमा रहेको बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरेका थिए ।


बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । यसअघि सेभिल्लाका लागि पाब्लो सारावियाले गोल गरेका थिए । खेलको नवौ मिनेटमा पाब्लो साराबियाले गोल गरेपछि सेभिल्लाले खेलमा अग्रता लिएको थियो । तर खेलको ४२ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनाले पहिलो हाफमा बराबरीमा ल्याए ।


दोस्रो हाफमा थप एक गोल गर्दै बार्साले उपाधि रक्षा गरेको हो । खेलको ७८ औं मिनेटमा औसमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा सेभिल्ला पाएको पेनाल्टी मिस भएपछि बार्सिलोनाले खेल २–१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भए ।

इन्जुरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लाएपछि सेभिल्लाले पेनाल्टी पाएको थियो। तर सेभिल्लाका विसाम विन यडरको पेनाल्टीबाट गाेल गर्न सकेनन् ।  

बार्सिलोनाले नयाँ सिजनका लागि लियोनल मेसीलाई कप्तानको जिम्मेवारी दिएको थियाे । नियमित कप्तान एन्द्रेस इनइस्टाले क्लब छाडेसँगै बार्सिलोनाले मेसीलाई आफ्नो नयाँ कप्तान चयन गरेको हो ।

बार्सिलोनाका लागि यो सिजनको पहिलो उपाधि हो । गतवर्ष बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो । योसँगै बार्सिलोना स्पेनिस सुपरकप सर्वा्धिक जित्ने टोली बनेको छ । भने २२ पटक फाइनल पुगेको बार्सिलोनाको यो १३ औं उपाधि हो ।

याे पनि पढ्नुहाेस्

आफ्नैसँग हारेका ‘अभागी’ लियोनेल मेस्सी
मेसी : जोसँग अरबौं मानिस एकैसाथ खुसीले उफ्रिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७