मेसी : जोसँग अरबौं मानिस एकैसाथ खुसीले उफ्रिए


१३ असार २०७५, बुधबार
1530037214828 lc galleryImage SAINT PETERSBURG RUSSIA J

मंगलबार राती फुटबल स्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना र अफ्रिकाको बलियो राष्ट्र नाइजेरियाबीच खेल सुरु हुन अघि एक ब्राजिलियनले लेखे, ‘म अर्जेन्टिनाको विपक्षमा छु, तर आजको खेलमा भने अर्जेन्टिनाले नाइजेरियालाई जित्नुपर्छ । नत्र भने विश्वकपको दर्शक नै घट्छ ।’ अर्जेन्टिनाको जितपछि एक समर्थकले लेखे, ‘खासमा, यो जित नाइजेरियाको हो । जो हार्दै गर्दा अर्वौलाई खूशी भए ।’

Messi 2018 Happy

मंगलबार राती ११ बजेर ४५ मिनेटमा शुरु हुने समूह ‘डी’ को अन्तिम खेलमा अर्जेन्टिना जसरी पनि जित्नुपर्ने दबाबमा थियो । यो खेल नजित्दा उनी घर फर्किनुपथ्र्यो । मिररका अनुसार यसपटक पनि सबैभन्दा बढी समर्थक अर्जेन्टिनाकै छ । त्यसको प्रमुख कारण हो, स्टार लियोनल मेसी । मेसीलाई शताब्दीकै महान् खेलाडी भन्नेहरुको संख्या धेरै छ ।

स्पेनका वैज्ञानिकहरूरु भन्छन् ‘फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा साँच्चै नै कम्पन हुन्छ ।’ अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेर हेरेपछि यस्तो बताएका हुन् । मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूको भनाई छ । अर्जेन्टिनाको रोसारियो शहरबाट १३ वर्षकै उमेरमा बार्सिलोना आएका मेसीको धेरै समय स्पनेमै बितिरहेको छ । आफ्नो क्लब बार्सिलोनालाई अनेकौ उपाधी दिलाए । मेस्सीले ३२ वटा उपाधि र बार्सिलोनाबाट १४ सिजन खेल्दा पाँच ‘बालन डोर’ अर्थात् सुनौलो बल पुरस्कार जितेका भए पनि विश्वकप अहिलेसम्म जित्न सकेका छैनन् ।

विश्वकपमा मेस्सीको यो चौथो सहभागिता हो । सन् २००६ र २०१० मा अर्जेन्टिन क्वार्टर फाइनलसम्म पुगेको थियो । सन् २०१४ मा जर्मनीसँग फाइनलमा पराजित हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेर मेस्सीले ‘गोल्डन बल’ जितेका थिए । क्लबमा उत्कृष्ट प्रर्दशन गरीरहेका मेस्सीको जीवनमा अब एउटै काम अर्थात् सपना बाँकी हो, त्यो उनको नेतृत्वमा विश्वकप जित्ने ।

कोपा अमेरिकामा पराजित भएपछि सन् २०१६ मा मेस्सीले अन्तर्रा्िष्ट्रय फुटबलबाट सन्यास घोषणा गरे । राष्ट्रपतिदेखि विशिष्ट व्यक्ति तथा पूर्व फुटबलरहरुले सन्यास फिर्ता लिन आग्रह गरे । अनि, मेस्सी फर्किए । सन्यास फिर्ता लिएर फर्किएकै खेल, विश्वकपको दक्षिण अमेरिकी छनोटमा उरुग्वे विरुद्ध गोल गरे । कमजोर अवस्थामा रहेको अर्जे्िन्टनाले जित्दै गयो । अन्तिम खेलमा इक्वेडरलाई हराएर मात्रै सोझै विश्वकपमा छानिने अवस्था थियो । मेस्सीले ह्याट्रिक गर्दै खेल ३–१ ले जिताए ।

अर्जेन्टिनालाई क्रोएशियाले गत बिहीबार राति भएको खेलमा ३–० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ । दुईवटा खेल समाप्त हुँदा पाँच पटक विश्वका सर्वोत्कृष्ट खेलाडीको उपाधि पाइसकेका मेस्सीले कुनै पनि गोल गर्न वा अरूलाई गोल गर्न सघाउन सकेनन् । बरु उनी आइस्ल्यान्डसँगको पहिलो खेलमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न समेत असफल रहे । लिओनल मेसीको कप्तानीमा रहेको अर्जे्न्टिना गत विश्वकपमा फाइनल पुगेको थियो । तर, यतिबेला उनकै कप्तानीमा रहेको दक्षिण अमेरिकाको यो बलियो राष्ट्र समूह चरणबाटै बाहिरिने अवस्थामा थियो ।

Marcos Rojo celebrated his late winner with Lionel Messi

यस्तो अवस्थामा सबैको ध्यान थियो, मेसीमा । मेसीका अरबौं समर्थकहरु खेलको १४ औँ मिनेटमा एक साथ खुसीले उफ्रिए जब मेसीले एभर बनेगाको पासमा खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा लैजाने बाटो खोलीदिए । ५१ औँ मिनेटमा जाभिएर मास्चेरानोले नाइजेरियाका खेलाडीलाई डी एरियाभित्र तानेर लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भिक्टोर मोसेसले पेनाल्टीबाट गोल गर्दै बराबरी गरे । खेलको ८६ औँ मिनेटमा ग्याब्रिएल मेर्काडोको पासमा मार्कोस रोहोले उत्कृष्ट गरे । गोल गरेको खुसीमा मार्कोसले आफ्नो कप्तान मेसीलाई बोकेर दौडाए । थपिएको अन्तिम चार मिनेट समय सकिएको घोषणा गर्न साथ खेल हेरीरहेका म्यारोडोना खुसीले उफ्रिए । सँगै उनका अरबौं समर्थकहरु खुसीले नाचे ।

यो अवस्थामा क्रोएसिया समूह चरणका सबै ३ खेल जित्दै ९ अंकका साथ समूह विजेता भएको छ भने अर्जेन्टिना ४ अंकसहित समूह उपविजेता भएको छ । यो समूहमा ३ अंक बोकेको नाइजेरिया तेस्रो र १ अंक बोकेको आइसल्यान्ड अन्तिममा रह्यो । नाइजेरिया र आइसल्यान्ड घर फर्किने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७