जापानसँग नेपाल १-० ले पराजित


२९ श्रावण २०७५, मंगलवार
nepal vs japan

काठमाडौं २९ साउन । नेपाल जापानसँग १-० पराजित भएको छ । १८ औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाल १-० पराजित भएको हो । मंलबार इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रङ्गशालामा भएको खेलमा जापानका खेलाडी मितोमा काओरुले गरेको ७ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।

nepal vs japan

नेपालको २३ वर्ष मुनिका खेलाडी टोलीले जापानका २१ वर्ष मुनिका खेलाडीसँग सामना गरेको हो । खेलमा जापानले निक्कै दबाब दिए पनि गोलकिपर किरण चेम्जोङले उत्कृट बचाउ गरे । यसअघि भएको खेलमा नेपाल जापानसँग भएको ३ खेलमा १४ गोल खाएका थिए । नेपालले पहिलेको तुला नामा निक्कै सुधारेर खेलेका हुन् ।

अब नेपालले दोस्रो खेलमा भियत्नामसँग बिहीबार खेल्ने छन्, भने पाकिस्तानसँग आइतबार खेल्ने छन् । समूह ‘डी’ मा नेपाल, पाकिस्तान, जापान र भियतनाम रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७