सर्वोच्चले छाडेलगत्तै सर्वोच्च परिसरबाटै किन पुनः पक्राउ परे प्रकाण्ड ?


१ भाद्र २०७५, शुक्रबार
Prakanda


काठमाडौं, १ भाद्र । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई रिहा गर्न आदेश दिए लगत्तै पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् ।

Prakanda



नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय चोलेन्द्र समशेर जवारा र तेजबहादुर केसीको इजलासले शुक्रबार प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो। रिहा भए लगत्तै उनलाई प्रहरीले पुन पक्राउ गरेको हो ।

केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उनलाई पुन पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले बताए । प्रकाण्डलाई नेपाल प्रहरीको बिशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो ।

काभ्रेको एनसेल टावर आगजनी मुद्दामा नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ यसअघि नै पक्राउ परेका छन्। उनीहरुलाई काठमाडौ‌ँ प्रहरीले साउन १० मा पक्राउ गरेर काभ्रे प्रहरीमा बुझाएको थियो। प्रहरीले समुह बनाएर एनसेल टावरमा आगजनी गरेको आरोप सहित संगठित अपराध समेत थपेर मुद्दा अघि बढाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७