अनमोल केसीकी आमा सुस्मिताको विहे, अस्ट्रेलियन नागरिकसँग गरिन् इन्गेजमेन्ट


२९ भाद्र २०७५, शुक्रबार
susmita kc

काठमाडौं, २९ भदौ । अभिनेता भुवन केसीकी पूर्व पत्नी सुस्मिता बोम्जन (केसी) ले विहे गर्ने भएकी छन् ।

अहिलेका चर्चित नायक अनमोल केसीकी आमा समेत रहेकी सुस्मिताले विहेका लागि अस्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् ।

चलचित्र निर्मात्री एवं अभिनेत्री समेत सुस्मिताले यही भदौ २४ गते (९ सेप्टेम्बर) सिङ्गापुरमा भारतीय मूलका अस्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् ।

images cms image 000056569

भुवन केसीसँग डिभोर्स भएपछि एक्लै बस्दै आएकी उनले छोरा अनमोल केसीकै सहमतिमा इन्गेजमेन्ट गरेको स्रोतले जानकारी दिएको छ ।

get img 1 1

सुस्मिताको बिहे भने सन् २०१९ को भ्यालेन्टाइन डेको अवसरमा फिजीमा हुने उनी निकटले जानकारी दिएका छन् । फिजीमा जन्मिएका किलन स्वामी अस्ट्रेलियाका के. ग्याँसका धनाढ्य व्यापारी हुन् । सुस्मिताले गत वर्ष चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७