यौनाङ्ग देखाउँदै हिंड्ने बाबु-छोरा पक्राउ


३ आश्विन २०७५, बुधबार
pakrau

ताप्लेजुङ, ३ असोज । सार्वजनिक स्थानमा यौनाङ्ग देखाउँदै हिंड्ने बाबु–छोरा पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–६ विहीबारेका सुमन लिम्बू असोज १ गते र उनका बाबु तेजबहादुर लिम्बू भदौ ३१ गते पक्राउ परेका हुन् ।

pakrau
सांकेतिक तस्विर

गत भदौ २१ गते दिउँसो छोरा सुमनले बाटोमा निस्केर यौनाङ्ग देखाएको र बाबुले छोरालाई प्रोत्साहन गरेको भनि छिमेकीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले जानकारी दिए ।

दुवैलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काँशीनाथ रेग्मीले बताएका छन् ।

नयाँ मुलुकीसंहिता अनुसार सार्वजनिकस्थलमा यौनाङ्क देखाउनेलाई १० वर्षभन्दा माथिका व्यक्तिलाई ६ महिनासम्म कैद हुने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७