तान्जिनिया डुङ्गा दुर्घटना हुँदा २०७ को मृत्यु


७ आश्विन २०७५, आईतवार
180921111005 01 tanzania boat accident 0921 exlarge 169
Rescuers retrieve a dead body from the water near Ukara Island in Lake Victoria, Tanzania Friday, Sept. 21, 2018. The death toll rose above 100 after the passenger ferry MV Nyerere capsized on Lake Victoria, Tanzania state radio reported Friday, while a second day of rescue efforts raced the setting sun. (AP Photo)

 

नैरोबी, केन्या, ५ असोज । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।

यातायातमन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक सङ्ख्या २०७ पुगेको जानकारी गराएको हो ।

यसअघि शुक्रबार दिएको जानकारीमा मन्त्री कामवेलेले मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको र घटनाबारे थप अपडेट गराउँदै जाने बताउनुभएको थियो । यद्यपि केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले शनिबार पनि खोजी कार्यलाई जारी राखेका उनले बताए ।

शनिबार दिउसो स्थानीय उप–गभर्नरले घटनामा परेका ४१ जनालाई जोगाउन सफल भएका बताएको थियो ।

एमभि नाइरेरे नामक डुङ्गाले २०० जनाभन्दा बढी यात्रुलाई लिएर यात्रा गरिरहेको भनाइका आधारमा खोजी जारी राखिएको हो । डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७