करण र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको थाइल्याण्डमाथि शानदार जीत, उक्लियो शीर्ष स्थानमा


२१ आश्विन २०७५, आईतवार
karan kc and sandeep lamichane

काठमाडौं, २१ असोज । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले तेस्रो जित हात पारेको छ । क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा नेपाल र थाइल्याण्डबीच भएको खेलमा तेस्रो जित हात पारेको हो ।

नेपालले थाइल्याण्डलाई ( डीरएल मेथड )मा १४० रनले हराएको हो । नेपाल दिएको १७३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभर बलिङ गरिरहेको बेला पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिन्नु अघि थाइल्याण्डले १८ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । उसका लागि कुनै पनि खेलाडी दोहोरो रन बनाउन सकेन् ।

नेपालको जितका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट, करण केसी तीन र ललित राजभण्डारीले एक विकेट लिए । सन्दीपले आठौं ओभरका खेलमा तीन विकेट लिए । भने नौँ ओभरमा करणले लगातार २ विकेट लिएका थिए ।

यसअघि नेपालले पुरै ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो । नेपालका लागि आठौं नम्बर व्याटिङ गर्न आएका करण केसीले विष्फोटिङ ब्याटिङ गरे । उनले १४ बलमा ४० रन बनाए ।
यसैगरी नेपालका लागि ओभर अनिल कुमार शाहले २५ रन, विनोद भण्डारीले १५, सरद भेषाकरले ३४ र दिपेन्द्र सिंह ऐरीले ३० रन बनाए ।

यस्तै नेपालका लागि कप्तान पारस खड्काले ५ रन, आरिफ शेख ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए आउट भए । अहिले सोमपाल कामी र करण केसी क्रिजमा रहेका छन् । भने १८ ओभरको समाप्तीमा १३४ रन बनाएको छ ।

थाइल्याण्डको बलिंगतर्फ पेयुपुथ संगनार्डले सर्वा्धिक ४ विकेट हात पारेका थिए। आफ्नो ४ ओभरको स्पेलमा संगनार्डले २१ रन खर्चिएर ४ विकेट आफ्नो नाम गरेका थिए। यस्तै भिचन्थन सिंहले २ विकेट आफ्नो हात पारे ।

यो पनि पढनुहोस्
नेपाल र थाइल्याण्डबीचको खेल रोकियो
करणको विस्फोटक ब्याटिङसँगै नेपालले थाइल्याण्डलाई दियो १७३ रनको लक्ष्य
सन्दीपको नयाँ कीर्तिमान ,मलेसियामाथि नेपालको सहज जित


करणको विस्फोटिङ ब्याटिङसँगै तीन विकेट
खेलमा नेपालले करण केसीले विस्फोटिङ ब्याटिङसँगै १७२ रनको बनायो । उनले उनले १४ बलमा ४० रन बनाए । जसमा दुई चौका र चार छक्का प्रहार गरे ।


करणले अन्तिम ओभरका लगातार तीन छक्का सहित २१ रन बनाए थिए । अन्तिम ओभरका नेपालले २४ रन लिएको थिए । उनसँगै सोमपाल ४ रन बनाउँदै नटआउट रहे ।

यस्तै उनले उत्कृष्ट बलिङ समेत गरे । उनले १.३ ओभर बलिङ गर्दा दुई रन दिएर तीन विकेट लिए । उनले खेल रोकिन्नु अघि लगातार २ विकेट लिएको लिएका ८.६ ओभर बलिङ गर्न बेलामा खेल रोकिएको थियो । करण खेलमा म्यान अफ म्याच बने ।

सन्दीपको उत्कृष्ट बलिङ
सन् २०१९ मा अष्ट्रेलियामा हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वान्टी विश्वकप छनोटमा सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गरिहेका छन् । उनले तीन खेलमा १४ विकेट लिएका सकेका छन् ।


शनिबार आयोजक मलेसियाविरुद्धको खेलमा सन्दीपले पाँच विकेट लिएको थियो । पहिलो खेलमा बुधबार सन्दीपले म्यानमारको चार विकेट लिएका थिए ।

आजको थाइल्याण्डविरुद्धको खेलमा समेत उनले उत्कृष्ट प्रर्दशन गरे । १७३ रनको लक्ष्य पछ्याएको थाइलाण्डले ८.५ ओभर खेल्दा ९ विकेटको क्षतिमा १८ रनमात्र जोड्न सके ।

सन्दीपले ३ ओभर बलिङ गरेर १ मेडन ओभरसहित ५ विकेट लिए । भने उनले ८ रनमा मात्र दिए ।

नेपाल शिर्ष स्थानमा
सुरुवाती दुई खेलमा लगातार जित हात पारेको नेपालले थाइल्याण्डलाई पराजित गर्दे अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले पराजित गरेको थियो । नेपालको ३ खेलबाट ६ अंक भएको छ भने ८.७४५ को रननेट छ ।

छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछन् । असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन्। यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।


दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शीर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७