नेपाल र थाइल्याण्डबीचको खेल रोकियो

१७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ९ विकेट गुमाएर १८ रन बनाउँदै


२१ आश्विन २०७५, आईतवार
1538789961Nepal filding

काठमाडौं, २१ असोज । मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत नेपाल र थाइल्याण्डबीच खेल भइरहेको छ । क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा भइरहेको खेलमा नेपाल दिएको १७३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्ड १८ रन बनाउँदा ९ विकेट गुमाइसकेको छ ।

थाइल्याण्डले ८.५ ओभरका १९ रन बनाएको हो । खेल अहिले पानी परेका कारण रोकिएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिएका छन् भने करणले तीन र ललित नारायण राजवंशीले १ विकेट लिए । सन्दीपले आठौं ओभरका खेलमा तीन विकेट लिए ।

यसअघि नेपालले पुरै ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो । नेपालका लागि आठौं नम्बर व्याटिङ गर्न आएका करण केसीले विष्फोटिङ ब्याटिङ गरे । उनले १४ बलमा ४० रन बनाए । उनले दुई चौका र चार छक्का प्रहार गरे । करण अन्ति ओभरका लगातार तीन छक्का सहित २१ रन बनाए थिए । अन्तिम ओभरका नेपालले २४ रन लिएको थिए । उनसँगै सोमपाल ४ रन बनाउँदै नटआउट रहे ।

यो पनि पढ्नुहोस्
करणको विस्फोटक ब्याटिङसँगै नेपालले थाइल्याण्डलाई दियो १७३ रनको लक्ष्य


नेपालका लागि ओभर अनिल कुमार शाहले २५ रन, विनोद भण्डारीले १५, सरद भेषाकरले ३४ र दिपेन्द्र सिंह ऐरीले ३० रन बनाए ।

यस्तै नेपालका लागि कप्तान पारस खड्काले ५ रन, आरिफ शेख ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए आउट भए । अहिले सोमपाल कामी र करण केसी क्रिजमा रहेका छन् । भने १८ ओभरको समाप्तीमा १३४ रन बनाएको छ ।

थाइल्याण्डका लागि सुंगनर्दले ४, भिचननाथ सिंहले २ र जेट होक्यूले १ विकेट लिए ।
सुरुवाती दुई खेलमा लगातार जित हात पारेको नेपालले थाइल्याण्डलाई पराजित गरे अंकतालिकाको शीर्ष स्थानमा उक्लिनेछ। पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले पराजित गरेको नेपालले ४ अंकसहित हाल अंक तालिकाको तेस्रो स्थानमा छ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, साहब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन्।

सिङगापुर छनोटको शीर्षमा लगातार तीन खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ भने पाँच अंक रहेको थाइल्याण्ड दोस्रो स्थानमा छ ।

छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछन् । असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन्। यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शीर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७