१७ वर्षका ज्याक बने ‘फोटोग्राफर अफ द इयर’, यी हुन् सन् २०१८ का उत्कृष्ट तस्वीर


२९ आश्विन २०७५, सोमबार

काठमाडौं, २९ असोज । रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’ घोषणा गरेको छ । यस वर्ष यो उपाधि १७ वर्षका ज्याक ओलिवको पोल्टोमा परेको छ ।

चितुवाको जस्तो छाला भएको छेपारोको तस्बिर, चिसो मौसममा रुखबाट झरिरहेको पात जमिनमा छरिएको पातको कलाकारिता र उडिरहेको चराका तस्बिर निकै सुन्दर छन् । यी तस्बिर रोयल सोसाइटी अफ बायोलोजीको सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’, ‘योंग फोटोग्राफर अफ द इयर’ प्रतियोगिताका लागि पठाइएको थियो । यस पटक प्रतियोगिताको विषय ‘प्याटर्न इन नेचर’ राखिएको थियो । प्रकृतिले हरेकलाई भिन्न रुप, भिन्न रंग र बनावट दिइएको हुन्छ ।

उक्त प्रतियोगितामा डेवानका १७ वर्षका ओलिवलाई उनको ‘लेपर्ड गेको’ तस्बिरका लागि फोटोग्राफर अफ द इयरमार्फत सम्मान गरियो ।
यसबाहेक बिजेता तस्बिरमा समावेश रोबर्ट ब्यूनोको यो तस्बिरले पनि मानिसहरुको ध्यान आकृष्ट गर्न सफल रह्यो ।

क्यानडाको यूकोन वेलामा भरेको पातमाथि लार्भा हिँडेको निशान कुनै अलंकारजस्तो देखिएको थियो । पहेंलो पातमा लार्भाको निशान कुनै घुमाउरो सडकजस्तो देखिएका थिए ।

2 nWN1qWzpob

ब्यूनोका अनुसार पूरा जंगल यस्ता पहेंलो, रचनात्मक पातले भरिएका थिए । ती देखेर उनलाई अर्कै संसारमा पुगेको भान भएको बताए । यो प्रतियोगिताका लागि १२ तस्बिर छानिएका थिए । यसमा १८ वर्षसम्मकाले भाग लिन सक्थे ।

छानिएका अन्य तस्बिरः

3 zEDN1PL385

ओर्बी भेरिगाटाको यो फूललाई १० वर्षका माइलो हाइलले आफ्नो क्यामरामा कैद गरेका थिए ।

4 Zqcy411pFD

केबेक्का कीनले यो तस्बिर विन्डरमर लेक नजिकै खिचेका थिए । यी तस्बिरमा एक भ्यागुतोलाई आफ्नो अण्डासहित पौडी खेलिरहेको देख्न सकिन्छ ।

5 fitS4uLKW2

इमोगन स्मिथले यो तस्बिर केन्याको लेवा रिजर्भमा लिएका थिए । पानी पिउँदै गरेको जेब्राको यो छायाँले तस्बिरलाई एक कलात्मक रुप दिन्छ ।

गुएलहेम डुवोटले यी तस्बिर स्लोवाकियामा लिएका थिए । उनी भन्छन्, ‘फट्याङ्ग्रोलाई देख्न असम्भव झैं थियो, जब त्यहाँ त्यहाँबाट निस्कियो तबमात्र थाहा भयो कि त्यहाँ पातबाहेक अरु केही पनि थियो ।’

6 8B1WfQ52oR

सुनौलो लेउको यस्तो रुप सायद तपाईंले पहिले देख्नुभएको छैन होला । यो लेउ संसारभरीको पोखरी र तालको किनारामा पाइन्छ ।

7 cn5iPiNNi2

फाइलम क्लासको एक सेलको माइक्रोस्कोपिक तस्बिर ।

8 bHXtpXNN03

सिएन क्लेटनले ड्र्यागन फ्लाई (झ्वाली) को पखेटाको यो तस्बिर खिचेका हुन् । उनका अनुसार गाइने किराको पखेटा अविश्वसनीय रुपमा जटिल हुन्छ । उनी भन्छन्, ‘जब यसलाई निकै नजिकबाट हेर्छु तब बुझ्छु कि यो संसारको सबैभन्दा राम्रो प्याटर्नमध्येको एक हो ।’

9 JssQoMFvqs

विराजले यो तस्बिर मुम्बईमा खिचेका थिए । चिसो मौसममा यो पंक्षी विभिन्न स्थानमा जम्मा हुन्छन् जहाँ स्थानीयहरु उनीहरुलाई दैनिक जंक फूड खुवाउँछन् ।

10 1BjY7C3EYa

क्रिस्टलाइज्ड साइट्रिक एसिडको माइक्रोस्कोपिक रुप । यो तस्बिर हेनरी कोसकिनेनले खिचे ।

11 LHj7UkRCJb

परागकण खिचिरहेको किराको यो तस्बिर स्टिव लरीले खिचेका हुन् । स्रोत ः बीबीसी

12 wzU5qFP43X 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७