योग मानवजीवनका लागि अपरिहार्य : मन्त्री पोखरेले


३० आश्विन २०७५, मंगलवार
giriraj mani pokharel

महोत्तरी, ३० असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मानवजीवनका लागि योग अपरिहार्य भएको बताएका छन् ।

giriraj mani pokharel
फाइल फोटो

बर्दिवास नगरपालिकाले आयोजना गरेको सात दिने योग शिविरको उद्घाटन गर्दै उनले भने, ‘योगले मानवको मन र शरीरलाई जोड्ने काम गर्छ ।’

मन्त्री पोखरेलले बुद्ध र पतञ्जलीको उपदेशलाई मनन गरी अगाडि बढ्ने हो भने मानिस निरोगी भई उपचार खर्चमा समेत कटौती गर्न सकिने बताउँदै स्वस्थ्य र अनुशासित व्यक्तिको निर्माणका लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसलाई स्थानीय सरकारले विकास निर्माण जस्तै प्राथमिकतामा राख्नुपर्ने बताए ।

बर्दिवास नगरपालिका प्रमुख विदुरकुमार कार्कीले नगर क्षेत्रमा अभियानका रुपमा योग शिविर सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७