आजको राशिफल र पञ्चाङ्ग (२०७५ साल कार्तिक ३ गते शनिवार)


३ कार्तिक २०७५, शनिबार

सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

rasifal

पञ्चाङ्ग
सूर्य दक्षिणायन, शरदृतु, विरोधकृत् नाम संवत्सर, श्रीशाके १९४०, विक्रमसम्वत २०७५ साल कार्तिक ३ गते शनिवार नेपाल सम्बत ११३८ कौलाथ्व, सन् २०१८ अक्टोबर २० तारिक शुक्लपक्ष एकादशी तिथि साँझ ६ वजेर ३५ मिनेटसम्म उप्रान्त द्वितीया,शतभिषा नक्षत्र राती ५ वजेर ३६ मिनेटसम्म उप्रान्त पूर्वभाद्रा नक्षत्र, गण्डयोग, भद्राकरण, आनन्दादियोग आनन्द, सूर्य तुला राशीमा, चन्द्रमा कुम्भ राशीमा ।

मुहूर्त
राहुकालः–अशुभ विहान ८ वजेर ५८मिनेटबाट १० वजेर २३मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–अपरान्ह १ वजेर १३मिनेटबाट २ वजेर ३८मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ६ वजेर ८मिनेटबाट ७ वजेर ३३मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ७ वजेर ३९ मिनेटबाट ८ वजेर २४ मिनेटसम्म रहनेछ ।शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २६मिनेटबाट मध्यान्ह १२ वजेर ११मिनेटसम्म रहनेछ ।

दिन बारवेला
सूर्योदय कालबाट प्रातः ७ वजेर ३२मिनेटसम्म काल वेला,७ वजेर ३२मिनेटबाट ८ वजेर ५७मिनेटसम्म शुभ वेला,८ वजेर ५७मिनेटबाट १० वजेर २२मिनेटसम्म रोग वेला,१० वजेर २२मिनेटबाट ११ वजेर ४७मिनेटसम्म उद्वेग वेला,११ वजेर ४७मिनेटबाट १ वजेर १३मिनेटसम्म चर वेला,१ वजेर १३मिनेटबाट २ वजेर ३८मिनेटसम्म लाभ वेला,२ वजेर ३८मिनेटबाट ४ वजेर ३मिनेटसम्म अमृत वेला र ४ वजेर ३मिनेटबाट सूर्यास्त कालसम्म काल वेला रहनेछ ।

रात्री बारवेला
सूर्यास्त कालबाट ७ वजेर ३मिनेटसम्म लाभ वेला,७ वजेर ३मिनेटबाट ८ वजेर ३८मिनेटसम्म उद्वेग वेला,८ वजेर ३८मिनेटबाट १० वजेर १३मिनेटसम्म शुभ वेला,१० वजेर १३मिनेटबाट ११ वजेर ४८मिनेटसम्म अमृत वेला,११ वजेर ४८मिनेटबाट १ वजेर २२मिनेटसम्म चर वेला,१ वजेर २२मिनेटबाट २ वजेर ५७मिनेटसम्म रोग वेला,२ वजेर ५७मिनेटबाट ४ वजेर ३२मिनेटसम्म काल र ४ बजेर ३२मिनेटबाट सूर्योदय कालसम्म लाभ वेला रहनेछ ।

राशी
मेषः–कार्य लगनशिलता बढ्नेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ भूमिकाको खाजी हुनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायवाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ ।

वृषः–कार्य सम्पादन सरल तरिकाबाट हुनेछन् । काम गरेर नाम र दाम दुवै कमाउन सकिनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अधुरा काम सम्पादन हुनेछन् । व्यापारमा सुधारका संकेत देखिने छन् ।

मिथुनः– मानसिक तनावमा कमि आउनेछ । बाह्य काममा बढि चासो दिदा आफ्ना धेरै काम अधुरा रहनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा रुची जाग्नेछ ।

कर्कटः– नयाँ काममा हात नहाल्नु होला विग्रिन सक्छन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । अनावस्यक काममा समय खर्च हुनेछ । मानसिक तनाव बढ्नेछ । विश्वास घात हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

सिंहः–देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । प्रेमिकाबाट सहयोग पाईनेछ । नयाँ कामको अवसर आउन सक्छ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

कन्याः–विरोधीबाट काममा अवरोध आउन सक्छ सतर्क भई काम गर्नु होला । काममा प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आय आर्जन बढ्नेछ । ऋणमा काम नगर्नु होला ।

तुलाः–दिन मध्यम खालको छ । धैर्यतापूर्व काममा लाग्नु होला । ढिला गर्दा आफ्ना काममा अरुले अधिकार जमाउन खोज्ने छन् । पढाई लेखाईमा मन जानेछ । व्यापारबाट अल्प लाभ होला । काममा क्रम भङ्ग नगर्नु होला ।

वृश्चिकः–घरयासी समस्या बढ्ने छन्,फजुल खर्च बढ्नेछ । काम काजमा अवरोध आउने देखिन्छ । काम गर्ने जोश जागर घट्नेछ । पारिवारिक भेटघाट बढ्नेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । सहयोगी टाढा हुनेछन् ।

धनुः– आत्मबल बढ्नेछ । उद्योग पराक्रम बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । स्वाथ्यमा सुधार आउला । धन दिएर कोहि इष्ट हुने छैनन ।

मकरः–धन दिएर शत्रु बढाउने काम नगर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । आफन्तको भरमा मात्रै काम नगर्नु होला धोका हुन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । हतारमा गरेर फुर्सदमा नपछुताउनु होला ।

कुम्भः–समयमा सुधार आउनेछ । गतिरोधको अन्त्य हुनेछ । ग्रह गोचर पनि अनुकुुल नै देखिन्छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ ।

मिनः–दिन प्रतिकुल जस्तै देखिन्छ । सोचे जस्तो कहि कतै हुने छैन । व्यर्थका काममा समय बढि खर्च हुनेछ । फजुल खर्च बढ्ने देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आय भन्दा व्यय बढि हुनेछ ।

नोटः– यो राशि, पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित सुराचार्य ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७