बस दुर्घटनामा परी २२ घाइते


५ कार्तिक २०७५, सोमबार
sindhupalchok bus accadent5430

चौतारा, ५ कात्तिक । सिन्धुपाल्चोक चौताराबाट सिपापोखरेको ज्यामिरे मानेतर्फ गइरहेको यात्रुबस आज बेलुका दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल चौतारामा लगिएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

बा२ख ११०६ नंको बस इन्द्रावती गाउँपालिका–९ भोटसिपास्थित मोडमा विपरीत दिशाबाट आएको बलेरो जीपलाई साइड दिने क्रममा ब्याक गर्दा ब्रेक फेल भएर सडकमै पल्टेको स्थानीय जनता माविका प्रधानाध्यापक गुणनिधि लम्सालले बताए । प्रहरीका अनुसार बसमा करीब ६५ जना यात्रु सवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७