आइएमईको बीस लाख योजनाको पहिलो विजेता घोषणा


१३ कार्तिक २०७५, मंगलवार
1540903132नेमोनिक Not Ad

काडमाडौं, कात्तिक १३ । आइएमईले दशैं,तिहार र छठलाई लक्षितगर्दै ल्याएको ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल पहिलो महिनाको विजेता घोषित भएका छन्। बिजेता सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट छनौट गरेको कम्पनीले जनाएको छ।

मल्लले नगद १ एक लाख रुपैयाँ प्राप्त गर्ने छन्। असोज ७ गते देखि मङ्गसिर मसान्तसम्म लागू हुने यस योजनामा अहिलेसम्म मासिक ‘लक्कीड्र’बाट एक जना, साप्ताहिक ‘लक्कीड्र’बाट पाँच जना र दैनिक ‘लक्कीड्र’बाट तीन सय जना विजेता घोषित भइसकेको कम्पनीको भनाइ छ।

योजनामा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सेवाग्राही सहभागी हुनसक्ने छन्।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्कीड्र’बाट छनोट हुने विजेतामध्ये हरेक दिन १० जनालाई ‘आइएमई पे’मार्फत १००० रुपैयाँको बिलभुक्तानी गर्ने जनाएको छ।

हरेक हप्ता १ जनालाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जनालाई १ लाख रुपैयाँ नगद तथा बम्परमा १ जनालाई २०९बिस० लाख रुपैयाँ प्रदान गरिने बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७