प्रधानमन्त्रीलाई खनालको सुझाव : ‘सुस्त गतिले समृद्धि आउँदैन, कामको बेग बढाउनुस्’


२२ कार्तिक २०७५, बिहीबार
Jn khanal

काठमाडौं, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका शीष नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नागरिकले व्यवहारमै अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका छन् ।

Jn khanal

वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नका लागि आफ्नो गति बढाउनु पर्ने उनले बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले मुलुकमा विकास र समृद्धि सम्भव रहेको दावी गर्दै समृद्धिकोे यात्रामा सरकारको गति वेश बन्नु पर्ने बताए ।

‘देश अहिले ऐतिहासिक चरणमा प्रवेश गरेको छ । देशमा क्रान्ति, संघर्ष र हड्तालहरुको युगलाई पार गरेर यहाँसम्म आएका छौं,’ उनले थपे, ‘नयाँ संविधान बनायौं ।

संविधान बमोजिम निर्वाचन गर्‍यौं । अहिले तीन तहको सरकार निर्माण गरेका छौं । तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो । आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो ।’

समृद्धिका पाइलाहरु भर्खर चल्न थालेको र ती पाईलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘अझै गति थप्न जरुरी छ । अझै काममा प्रभावकारिता थप्न जरुरी छ । तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं ।’

सरकारले समृद्धिको लागि चाँडो काम गरोस भन्ने चाहना सिंगो राष्ट्रले गरिरहेको उल्लेख गर्दै उनले भने, ‘हामी लामो समयदेखि गरिबीमा छौं । र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं । बेरोजगारी, परनिर्भरताबाट हामी मुक्त हुन चाहन्छौं ।

विभिन्न किसिमका रोग, व्याधहरु छन् । तीबाट यो समाज मुक्त हुन चाहन्छ । चाँडो विकास होस् । नयाँ नयाँ परिवर्तनहरु ल्याओस भन्ने जनचाहना छ । जनचाहनाअनुसार काम गर्न र समृद्धि हाँसिल गर्नको लागि यो सरकारले अझै बेगका साथ काम गर्नुपर्छ । अहिलेको गतिले पुग्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७