चलचित्रकर्मी सारु मगरको निधन, अन्तिम बन्यो दिदीको हातको टीका


२५ कार्तिक २०७५, आईतवार
FB IMG 1541907437976

काठमाडौं, २५ कात्तिक । एक दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय चलचित्रकर्मी सन्तोष सारु मगरको निधन भएको छ ।

FB IMG 1541907437976

पाँचथर घर भई पोखरालाई कर्मथलो बनाउँदै आएका गृह जिल्लामै निधन भएको हो । केही दिन अगाडि आफ्नी दिदीको हातबाट भाइटीका लगाउन पाँचथर पुगेका उनको टीका लगाएकै साँझ निधन भएको जनाइएको छ ।

पारिवारीक स्रोतका अनुसार भाइलाई भाइटीका लगाउन माइत आएकी दिदीलाई टीका लगाईसके पछि बुलकी पख घर छोडेर फर्किने क्रममा उनको छाती दुखेको थियो र साँझ घरमा छाती दुखेको छ भनी उनी सुतेका थिए तर, उनी कहील्यै नउठ्ने गरी विदा भइसकेको अवस्थामा पाएको परिवारजनले जनाएका छन् ।

सुतेको ठाउँमा उनको मुखबाट फिज आएको देखेपछि परिवारले उनलाई अस्पताल पुर्‍याए तर, डाक्टरले उनको हृदयघातका कारण् मृत्यु भएको जानकारी दिएका थिए ।

सन्तोष सारु मगर कुशल नृत्यकार, कोरियोग्राफर, सम्पादक, सिनेमाटोग्राफर तथा मगर चलचित्रकर्मी संघ कास्कीको जिल्ला सदस्य थिए । नृत्यबाट फिल्मी जगतमा आफ्नो कारिअर बनाएका उनले छोटो समयएमै आफूलाई प्राबिधिक लाइनमा समेत अब्बल बनाएका थिए ।

मगर चलचित्रकर्मी जगतका लागि २०७५ सालको कार्तिक महिना निकै दुःखद बन्यो । गत कार्तिक ६ मगर चलचित्रकी नायिका तथा मगर विद्यार्थी संघ पाल्पाकी निबर्तमान अध्यक्ष २१ बर्षीय रूपा थापा मगरको बिबाहको दुलान फर्काएर घर फर्किने क्रममा स्कुटर दुर्घटनामा ज्यान गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७