नेपालगञ्ज विमानस्थल विस्तारका लागि पहल


२६ कार्तिक २०७५, सोमबार
nepalguang airport

राँझा, २६ कातिक । नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल शुरु भएको छ ।

nepalguang airport

विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल गर्न आइतबार स्थानीयस्तरमा छलफल भएको हो ।

छलफलमा विमानस्थल विस्तार र दिल्ली उडान अनुमतिका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जानकारी दिए ।

उक्त विमानस्थललाई विस्तार गर्दै भारतको दिल्लीसम्म उडान गर्नसके नेपालगञ्जको विकास हुने भएकाले यसमा जिल्लास्थित राजनीतिक दल, उद्योगी व्यापारी समेत एकताबद्ध भएको छलफल आयोजक नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।

क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन उक्त विमानस्थललाई अन्तर्राष्ट्रिय उडानयोग्य विमानस्थलका रुपमा विस्तार गर्नुपर्ने नेकपाका जिल्ला नेता अकलबहादुर बमले बताए ।

उक्त विमानस्थलबाट भारतको नयाँदिल्ली उडान भर्नका लागि बुद्धएयरले अनुमति पाइसके पनि भारतीय पक्षबाट ‘स्लट’ व्यवस्थापनमा समस्या भएको जनाएकाले त्यसलाई हटाउन संघीय सरकार समक्ष स्थानीयस्तरबाट पहल गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७